धुर्मुश सुन्तली तिमीले स्टेडीयम बनाउनकै लागी भनेर एक पैसा सहयोग पाउदैनौ !
धुर्मुश सुन्तलीले International Loard Buddha Cricket 🏏 Stadium 🏟 बनाउन भन्दै ! भ्रष्टले लिप्त भएका हरुलाई हाथमा लिनुनै गल्ती हो! धुर्मुश-सुन्तली फ़ाउन्डेशन जब एक्लै थियौं विदेशमा कार्यरत स्पेशली म जस्ता अरबमा कार्यरत सबै नेपाली तिम्रो पक्षमा थियो ! एक आवाजमा लाखौ पैसा उठ्थ्यो यहा सहयोग गर्न तछाड मछाड थियौं , बिगतका दीनमा मैले पनी आफ्नो मानो कटाएर सक्दो सहयोग गर्दै अाएको थिए र गर्छु पनी तर जब तिमी ६०१ घुसखोरको छेउलागेर ठुला ठुला सेमीनार गर्दै VVIP पाराले सहयोग माग्दै गर्दा ! यताभने हामी जस्ता अरबमा जुठा भाड़ा माझ्दै दु:ख गरेर कमाएको पैसा धेरै नेपालीपन नेपाली मन हुनेहरुले सहयोग गर्दीन भन्दै सामाजीक संजालमै लेखेको देख्दा अहीले मलाई लाग्दैछ “धुर्मुश सुन्तलीले ती भ्रष्टचारले लिप्त विभीन्न बहानामा जनताको ढाड सेकीने गरी कर बढाउदै जनताले दीएको करबाट ढाडीएका उडुस रुपी नेता राज्यसत्तामा अवस्थित संचालक हरुलाई स्टेजमा बोलाई भी.आई.पी. पाराले सहयोग माग्दा धेरैको मन कुडीएको छ !
स्मरण गराउन चाहन्छु त्यस स्टेजमा अवस्थित ९० प्रतीशत नेता कर्मचारीले स्टेडीयम बनाउन लाग्ने ३ अर्ब भन्दा बढी बिभीन्न बहानामा बिभीन्न स्थानबाट कुम्ल्याएका छन ! तिनलाई देश बनाउन भन्दै हामी सर्वसाधारणले दैनीक उपभोग गर्दै आएको बस्तुमा पनी धेरै भन्दा धेरै कर तिरेका छौं! यसकारणले पनी धुर्मुश सुन्तली फ़ाउन्डेशनले सहयोग सोचेको भन्दा धेरै कम प्राप्त गर्छ !
त्यसैले नेपाल सरकार यदी अलीकती पनी तिमीहरु संग लाज सरम छ भने यो धुर्मुश सुन्तली फ़ाउन्डेशनले गर्न थालेको कामलाई जती सक्दो सहयोग गर सक्छस भने आफै बनाउने प्रण गर! ति बिचरा सोझा धुर्मुश सुन्तली लाई पर्दामा रमाउन दे!
-डम्बर रिमाल हाल कुवेत