काठमाडौं, १५ माघ । नेपाल चिकित्सक संघले शिक्षण अस्पतालमा रिले अनशन बस्न राखेको टेन्ट प्रहरीले हटाइदिएको छ ।चिकित्सकहरूले अनसन बस्न अस्पताल परिषरमा लगाएको टेन्ट रातारात हटाइएको संघले जनाएको छ ।चिकित्सकहरुले सोमबार बिहानदेखि रिले अनशन सुरु गरेका थिए । शिक्षण अस्पतालले अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशन गरेको थियो ।
मंगलबार बिहान फेरि अनशन बस्न पुगेका चिकित्सकहरुले टेन्ट हटाइएको थाहा पाएका हुन् । शिक्षण अस्पताल आसपासमा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ।
डा.गोविन्द केसीका माग पूरा गर्न भन्दै नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरुले रिले अनशन सुरु गरेका हुन् ।(दैनिक )