कुवेतनेपाल डट कम
२९ जनवरी २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकि धर्मपत्नी रीता हमाललाई बिदाई गरेको छ ।
हिजो २८ जनवरी २०१९ का दिन राजदूतावासमै गएर क्लवले राजदूत र वहाँँकी धर्मपत्निलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेको थियो ।
क्लवका पुर्व अध्यक्ष जय आलेले सञ्चालन गरेको बिदाई कार्यक्रममा महामहिम राजदूतको प्रमुख आतिथ्य, भद्र व्यक्तित्व तथा क्लव अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको सभापतित्व र राजदूत धर्मपत्नी रिता हमाल लगायत क्लवका संस्थापक बरिष्ट सल्लाहाकार मित्र सिंजाली मगरको बिशेष आतिथ्यता रहेको थियो ।
क्लवले महामहिम राजदुतले आफ्नो ४ बर्षे कार्यकालमा कुवेतको नेपाली समुदाय र नेपाली दुतावास कुवेतको सम्बन्धलाई सुमधुर बनाउन चाल्नु भएको पहल, नेपाली श्रमिकहरुको हक-हितमा उठान गर्नु भएको आवाज, पीडित महिला कामदारहरुको उद्दारमा पुर्याउनु भएको सहयोग, नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने खालका दिनु भएको योगदान र नेपाल-कुवेत २ देशबीच मैत्रिपूर्ण सम्बन्ध कायम गर्न खेल्नु भएको कुटनैतीक भूमिकाको सराहाना गर्दै वहाँको सुस्वास्थ्य तथा उज्जवल भविष्यको कामना गरेको थियो ।
यसैगरी, राजदूत धर्मपत्नी तथा प्रथम नेपाली महिला रिता हमालले कुवेत आएदेखी नै कुटनैतीक मर्यादा भित्र रहेर बिबिन्न देशका महिलाहरुसँग अन्तर्कृया गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृती, भाषा-भेषभुषा, परम्परा र उत्पादन लगायतका पहिचान झल्कने सामाग्रीहरु पस्किने र बेला बेलामा कार्यक्रमहरु समेत दिंदै आउनु भएको र नेपाली समाजका गतिबिधिहरुमा सहभागीता जनाई सल्लाह सुझाव दिएकोमा क्लवले प्रशंसा गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूतले क्लवले नेपाली समाज कुवेतमा स्थापनादेखी नै निर्वाह गर्दै आएको भूमिकाको चर्चा र प्रशंसा गर्दै आफ्नो ४ बर्षे कार्यकालमा पुरा भएका र कतिपय बाँकी रहेका कुटनैतीक कार्यहरुको ’boutमा जानकारी गराउनु भयो । महामहिमले कुवेतदेखी आफु हामीबाट छुट्टीएर गए पनि नेपालमा वहाँ कार्यरत रहने सरकारी निकायमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको लागि आफ्नो ढोका हमेशा खुल्ला रहने र क्लव लगायत कुवेतवासी नेपालीहरुले दिनु भएको माया, ममता र साथ सहयोगलाई हृदयमा सजाएर लैजाने बताउनु भएको थियो ।
कार्यक्रम महामहिम राजदूतको सभा कक्षमा बेलुकिको ७ देखी ८.३० बजेसम्म चलेको थियो । कार्यक्रममा महामहिम राजदुत लगायत क्लवका बरिष्ट सल्लाहाकार मित्र सिंजाली, अध्यक्ष ईन्द्र प्रसाद पोखरेल, पुर्व अध्यक्ष जय आले लगायतले मन्तव्य राखेका थिए भने सचिव डम्बर रिमालले मन्तव्यद्वारा सबैलाई स्वागत गरेका थिए ।
यसै अवसरमा अलमुल्ला एक्सचेन्ज कुवेतको तर्फबाट अल्मुल्ला एक्सचेन्जका बिजनेस डेभलप्मेन्ट एक्जुकिटिव छविराम सुनारले समेत महामहिम राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाललाई दोसल्ल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए ।