कुबेत नेपालडटकम
“सेवा र सहयोग मा प्रवास बाट हाम्रो भुमिका”आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेतद्वारा मानसिक रोगले ग्रसित विशाल चापागाईं रु ५१,००० (एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नवलपरासी बर्दघाट नगरपालिका वार्ड न. ४ बर्दघाट निवासी बर्ष २५ का विशाल चापागाईं बिगत १८ बर्ष देखि मानसिक रोगले ग्रसित भै दिनमा सयौं पल्ट बेहोस हुने र केही सुर नपाउने भै उपचार को क्रम मा धेरै खर्च भै सक्दा पनि निको नभयको ले हाल एक तर्फ को मस्तिष्क फाल्नुपर्ने बाध्यता भयकोले उक्त कार्य गरि बिराटनगर नोबेल हस्पिटलमा राखियको हुदा लुम्बिनी समाज नेपाल कुवेत द्वारा औषधि खर्च को लागि केही रकम रु.५१,००० (एकाउन्न हजार रुपैयाँ) सहयोग गरेको समाजका अध्यक्ष रुपेन हमाल ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।
बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत लुम्बिनी बासी नेपाली दाजु भाई दिदी बहिनी हरु ले कुबेत लाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेत ले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ। अन्तम अध्यक्ष हमाल ले सम्पूर्ण सहयोगी मन हरुमा हृदय देखि नै धेरै धेरै धन्यवाद ब्यक्त गर्नु भएको छ।