गीतकार रवि मन सिंह बस्न्यातको गीति एल्बम प्रेम-अर्थमा नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको स्वरमा अब छिट्टै बजारमा आउँदै । गीति एल्बम प्रेम-अर्थमा ७ वटा गीतहरू समाबेश गरिएको छ । उहाँको गीति एल्बम प्रेम-अर्थमा समाबेश गीतहरू रवि मान सिंह बस्न्यातले आफैले लेख्नु भएको छ भने संगीत अहिलेका निकै ब्यस्त अनि चर्चित संगीतकार टीका बम्जनले गर्नु भएको छ। गीति एल्बम प्रेम अर्थमा समाबेश भएका गीतहरू देश भक्त अनि माया प्रेमलाई समेटेर निकै रमाइला डान्सिङ बिडका गीतहरू तयार परियको संगीतकार टीका बम्जनले नेपाल खबर पोस्ट लाई जानकारी दिनु भएको छ। नेपाली सेनाका पुर्ब मेजर बस्न्यात हाल क्यानडा हुनुहुन्छ । आफू प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गरि एल्बमको तयारी गर्दै हुनुहुन्छ, उहालाई र संगीतकार टीका बम्जनलाइ नेपाल खबर पोस्टको तर्फबाट सफलताको अग्रिम शुभकामना । एल्बम प्रेम-अर्थमा समाबेश भएका गीतहरू दर्शकले सत प्रतिशत मन पराउने छ भन्नेमा संगीतकार बम्जनले दाबी गरेका छन।