सुरेश गुरुङ
“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव कुवेतको मेसिला बिच मा आगामी मार्च १ तारिक शुक्रबार को दिन गर्ने अध्यक्ष गोबिन्द बराल ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।
कुबेत को नेपाली समाज मा आफनो नेपाली साँस्कृतिक लाई प्रबास रहेर पनि जगोण गर्ने र नेपाली समाजलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम गर्दै मनोरन्जन दिदै आएको साँस्कृतिक संस्था नेपाल सांस्कृतिक मंच कुबेत ले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव आगामी मार्च १ तारिक गर्ने भएको छ । उक्त अधिबेशन तथा वार्षिकोत्सव लाई ऐतिहासिक,रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नाजुधाइ दिनु हुन आयोजक नेपाल कुवेत सांस्कृतिक मन्च ले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी जानकारी:
मिति: १ मार्च २०१९ शुक्रबार)
स्थान: मेसिला बिच
समय: ठिक दिउँसो २ बजेदेखि
आयोजक :नेपाल कुवेत सांस्कृतिक मन्च