कुबेत नेपालडटकम
झापा जिल्ला माईधार निवासी करिब १३ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउदै आउनु भएका बिष्णु कुमार घिमिरेको गत १६ नोभेभ्बर २०१८ का दिन हृदयघाटका कारण मृत्यु भएको थियो |
झापाली समाज कुवेत ले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भैसकेको छ। स्व। घिमिरे स्थापना काल देखि झापाली समाजमा सक्रिय सदस्य रुपमा आबद्द रहदै आईरहेका थिए | वहाँको आमा , श्रीमती र एक छोरा रहेका छन् र नाबालक छोराको पालन पोषण र शिक्षा आर्जनको लागी झापाली समाज कुवेतले झापाको दमक स्थित सानिमा बैंकमा स्व. घिमिरेका सुपुत्र प्रयास घिमिरेको नाममा खाता खोलि १,७०,०००/- एक लाख सतहरि हजार डिपोजिट गरि दिएको छ |
केहि दिनको लागि घर बिदामा जानु भएका समाजका उपाध्यक्ष रामजी अधिकारि ,सल्लाहाकार अर्जुन बस्नेत , सल्लाहाकार शिब लिम्बु र सल्लाहाकार श्याम ढकाल को रोहोवारमा खोलिएको बैक खाताको सम्पूर्ण कागतपत्र हिजो २३ जनावरी २०१९ बुधबारका दिन स्व. घिमिरेकै निवासमा स्व. घिमिरेको श्रीमतीकै हातमा वार्ड अध्यक्ष कर्ण बहादुर थापाको उपस्तिथिमा हस्तात्रण गरिएको समाजका महासचिब गोबिन्द प्रसाद तिम्सीना ले जानकारी दिनु भएको छ |