सुरेश गुरुङ,कुबेत
जनवरी २१, कुवेत। “मोरङ सुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना” भन्ने मूल नाराका साथ स्थापना भएको मोरङ सुनसरी सेवा समाज कुवेतले ले आगामी जनवरी २५ तारिकका दिन आफ्नो दोस्रो साधारण सभा तथा तेस्रो वार्षिकोत्सव कार्यक्रम को सम्पूर्ण तयारी भएको संस्थाको अध्यक्ष अरुण लिम्बुले कुबेत नेपाल लाई जानकारी दिएको छन।
समाजले बार्षिक उत्सबको तथा दोस्रो साधारण सभा मा परिचयका साथै कुवेतमा छरिएर रहेका मोरङ सुनसरिका सबै नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुलाइ एकीकृत गराउने लक्ष्य लिएको जानकारी दिएको छ। मोरङ सुनसरी सेवा समाज कुवेत ले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भैसकेको छ।
उक्त तेस्रो वार्षिकोत्सव तथा दोस्रो साधारण सभा लाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक मोरङ सुनसरी सेवा समाज कुवेत ले हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी जानकारी:
मिति: २५ जनवरी (आगामी शुक्रबार)
स्थान: अडिटोरियम हल फर्वानिया
समय: ठिक बिहान को ११ बजेदेखि
आयोजक :मोरङ सुनसरी सेवा समाज कुवेत