बल्ल शुरु भयो राजपाभित्र राजनीतिक संस्कार, ठाकुर हेरेको हेरै


काठमाडौं, ६ माघ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले नयाँ संयोजक पाएको छ । माघ ६ गतेदेखि राजपाको संयोजकको जिम्मेवारी तेस्रो वरीयताका नेता महिन्द्र राय यादवले पाएका छन् ।राजपाको विधानअनुसार चल्न शुरु गरेको राजपा नेपालको शनिबार बसेको अध्यक्षमण्डलको बैठकले यादवलाई संयोजकको जिम्मेवारी दिएको छ । महतोले तोकिएको समयभित्र संयोजक पदको हस्तान्तरण गरेका छन् ।

महन्थ ठाकुरलाई संयोजक पदबाट हटाएपछि राजपाले गति लिन थालेको हो । ठाकुरलाई हिम्मत गरेर अध्यक्षमण्डलको बहुमत सदस्यले हटाएर महतोलाई संयोजक बनाएको थियो । संयोजक पद मात्रै ओगटेर बसेका ठाकुर हट्नेवित्तिकै राजपाले हरेक ठाउँमा गति लिएको छ ।

यादवको कार्यकालपछि संयोजक बन्ने पालो शरतसिंह भण्डारीको आउनेछ । त्यसपछि क्रमशः राजकिशोर यादव र अनिलकुमार झा पनि विधानअनुसार राजपाको संयोजक बन्ने छन् ।

निरंकुश शैलीका नेताका रुपमा चिनिने ठाकुरले गुमेको संयोजक पद फिर्ता गराउन नयाँदिल्लीसम्मै पुगेका थिए । तर, दिल्लीले पनि केही गर्न नसक्ने भनेपछि निराश भएर काठमाडौं फिर्ता भएका थिए ।

राजपाको छ सदस्सीय अध्यक्षण्डलमध्ये ठाकुरलाई एकजना सदस्यको मात्रै समर्थन छ । राजपामा ठाकुर ठूलो अल्पमतमा छन् ।

महतोलाई असफल बनाउन ठाकुरले बिजुलीबजारस्थित आफ्नो पुरानो अड्डामा गुटको भेला समेत गरेका थिए । तर, केही सीप नलागेपछि बाध्य भएर खुरुखुरु राजपाको गतिविधिहरूमा संलग्न भएका छन् ।

महतोले आफ्नो कार्यकालमा जेलमा रहेका टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशमलाल चौधरीलाई सपथ गराउन सफल भएका थिए । जाँदाजाँदै महतोले मधेस आन्दोलनका शहीदहरूको नाममा ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेका छन् ।

राजपाका महासचिव केशव झाका अनुसार जिल्लाहरूमा माघ १६ गते केन्द्रीय पर्यवेक्षकहरूको उपस्थितिमा जिल्ला सदरमुकामहरूमा सदस्यता वितरण अभियानको समीक्षा बैठक गर्ने निर्णय पनि भएको छ ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.