Daily Archives: 18/01/2019

नेपाल मगर सँघ, कुवेतले “माघे सकराती”धुमधामसँग मनाए ।


सुरेश गुरुङ,कुबेत

“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ, कुवेत शाखाद्वारा हिजो १८ जनवरी २०१९ शुक्रबारका दिन, कुवेतको हिजुलस्थित रमणिय हलमा आयोजित “माघे सकराती बनभोज तथा अन्तर्कृया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

NFAOK द्वारा अन्तर नेपाली नकआउट“खसीबाजी”फुटबल खेल सम्पन्न !


आज १८ जनवरी २०१९ शुक्रवारको दीन “Nepalese Football Association of Kuwait” ले   महाबुल्ला स्थित बल्क नं.१ मा बिहान ७:३० बजे देखी दीउसो ३:३० बजे सम्म खसी बाज़ी खेल सम्पन्न गर्यो ।

आज उपश्थीत टीमहरु : १, टाइगर फ़ुटबॉल क्लब  २, गोर्खाली फ़ुटबॉल क्लब  ३, यायोख्या फ़ुटबॉल क्लब ४, सरोकार समाज फ़ुटबॉल क्लब ५,प्रवासी नेपाली ट्याक्सी फ़ुटबॉल क्लब
६, प्रवासी फुटबल क्लब गरी  ६ टीम हरुबिच भएको नक-आउट खेलमा टाईगर टीम प्रथम र गोर्खाली टीम दोस्रो भएको थियो! आजको खेल सम्पन्न पार्न सबै खेलप्रेमी खेलाड़ी तथा टीमहरुको सकृयता रहेको उक्त खेलको संयोजक साथै रेफ्री Dambar Moktan ज्युले गर्नु भएको थियो । कुवेतमा सकृय रहेका अरु नेपाली फुटबल टीमले भने  आफ्नै बिविध कारण देखाई उपश्थीती जनाएन!

आज सम्पन्न खेलको विजेता तथा उप-विजेता दुवै टीमलाई माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब काठमांडू कुवेत बधाई  तथा शुभ कामना दिन चाहन्छ !साथै कुवेतमा सम्पुर्ण आवद्ध नेपाली फुटबल टीमलाई आउदै गरेको १७ औं MESC MB Bomjom Gold Cup खेल सौहार्द बातावरणमा सम्पन्न पार्नको लागी कुवेत स्थित सम्पूर्ण खेल प्रेमीले अआफ्नो स्थानबाट सहयोग गर्दै खेल कला कौशल देखाउन तैयारी रहनुहोला भन्दै यहाहरु सबैमा धन्यवाद,

“माउण्ट एभरेष्ट स्पोर्टीङ्ग क्लब काठमान्डु कुवेत परिवार “

आजको केही तस्वीरहरु:-

पढ्नेक्रम जारी राख्नुहोस्