पर्वतमा बस दुर्घटना : चारजनाको मृत्यु, ३६ घाइते


प्रकाश बराल, अगन्धर तिवारी
बागलुङ / पर्वत — बेनीदेखि नारायणगढ हिडेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ३६ घाइते छन् ।सडकदेखि साठीमिटर तल कालीगण्डकी नदीमा खस्दा तीनजनाकाेघटनास्थलमैर एकको अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा एक महिला र ३ पुरुष छन् । उनीहरुको ठेगाना पहिचानभएको छैन ।

बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ३९ जना यात्रु भएको अनुमान प्रहरीले गरेको छ । पर्वतका ट्राफिक प्रहरी इन्चार्ज रामकृष्ण गौलीका अनुसार घाइते ३६ जनालाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि बाग्लुङ अस्पताल लगिएको छ । सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ ।

घाइतेहरुलाई धौलागिरी अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि पोखरा र काठमाडाैं पठाउने क्रम चलिरहेको छ। गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडाै‌ं पठाइएको छ। केहीलाई पोखरा पठाइएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ९ बजे पर्वतको डिमुवामा सडक अवरुद्ध हुने भएपछि सो समयअगावै डिमुवा कट्नेगरि बसको गति बढी भएका कारण दुर्घटना भएको हो । तर, दुर्घटनाको एकिन कारण खुलेको छैन । २५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ । घटनास्थलमा पर्वत, म्याग्दी र बाग्लुङका सुरक्षाकर्मी र सर्वसाधारण उद्धारमा खटिएका थिए । दुर्घटनाकाे यथार्थ बिवरण आउन बाँकी छ ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.