Daily Archives: 15/01/2019

उपत्यकालाई सुरक्षित बनाउन २१ हजार सिसी क्यामेरा, जडान गर्न १५ अर्ब लाग्ने


मधुसूदन रायमाझी, काठमाडौं ।
काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

उद्देश्य समाज सेवा ! काम गाना ,बजाना अनि खाना !


राज मल्ल,कुबेत

कुवेतको अदान अस्पताल । यहाको सरकारी अस्पताल मघ्येको एक । सेवा सुबिधा सम्पन्न । गत आइतवार नेपाली राजदूतावासका तृतीय सचिब मनोज सिंह , श्रमसहचारी ज्ञानेन्द्र शर्मा , यूवा समाजसेवी तथा लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालका साथै सिन्धुपाल्चोक सेवा समाजका महासचिव राज श्रेष्ठ सहित उक्त अस्पतालमा रहेका नेपाली बिरामिहरुको अवस्थावारे जानकारी लिने अवसर जुर्यो । पढ्नेक्रम जारी राख्नुहोस्