नागरिकता नभए पनि राष्ट्रिय परिचयपत्र


गंगा बराल, काठमाडौँ
राष्ट्रिय परिचयपत्र नागरिकता नपाएकालाई पनि दिइने भएको छन् । नागरिकता बनाउने उमेर नपुगेकाले नाबालक परिचयपत्र बनाउने व्यवस्था गरिएको छ । फेरि परिचयपत्र लिनुपरेमा भने पुनः जैविक विवरणहरु उपलब्ध गराउनुपर्ने हुन्छ । सरकारद्वारा संघीय संसद् सचिवालयमा दर्ता गराइएको ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त प्रावधान राखिएको छ । नेपालको संविधानको धारा ५१ को ‘राज्यका नीतिहरु’ सम्बन्धी व्यवस्थाअन्तर्गत खण्ड ‘च’ को उपखण्ड (७) मा ‘एकीकृत राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली विकास गरी नागरिकका सबै प्रकारका सूचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने तथा यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने’ कुरा उल्लेख छ ।
गृहमन्त्री रामबहादुर थापाले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुआत गर्नुभएको थियो । यही मंसिर ३ गते १ सय १ वर्षीया भगवतीदेवी भण्डारीले सर्वप्रथम उक्त परिचयपत्र पाउनुभएको थियो । पहिलो चरणमा पाँचथर र सिंहदरबारभित्रका निमाजती कर्मचारी र सेना, प्रहरीलाई वितरण गर्न थालिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । विभागका निर्देशकसमेत रहनुभएका जोशीले सिंहदरबारभित्र केही कार्यालयमा आफैं गएर औंलाको छाप लिएको र परिचयपत्र बनाउने काम भएको बताउनुभयो ।
परिचय नम्बर प्राप्त व्यक्तिको मृत्यु भए वा कुनै कारणबाट त्यस्तो व्यक्तिको परिचयपत्र रद्ध भएको वा कायम नरहेको अवस्थामा परिचयपत्र नम्बर अरुलाई नदिइने व्यवस्था छ ।

परिचयपत्र पाउन योग्य भएर पनि तोकिएको समयभित्र नलिएमा बिलम्ब दस्तुर बुझाउनुपर्ने हुन्छ । ३५ दिनभित्र स्थानीय पञ्जिकाधिकारीको कार्यालय पुगी विवाह, सम्बन्धविच्छेद वा बसाइँसराईको सूचना गर्नुपर्नेहुन्छ ।

परिचयपत्र वितरण तथा व्यवस्थापनलाई सहजीकरण गर्न गृह मन्त्रालयका सचिव अध्यक्ष र विभागकै महानिर्देशक सदस्य–सचिव रहेको ११ सदस्यीय समन्वय समिति रहनेछ । झुटो विवरण पेस गरी परिचयपत्र लिएमा, विदेशी नागरिकले परिचयपत्र लिएमा, परिचयपत्र लिएको व्यक्ति नेपाली नागरिक नरहेमा परिचयपत्र रद्ध हुनेछ । तथ्यांक भण्डारणलाई व्यवस्थित र सुरक्षित राख्नका लागि मन्त्रालयकै सचिवको अध्यक्षतामा तथ्यांक सुरक्षा समिति रहनेछ । विभागका महानिर्देशक सदस्य सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव सदस्य रहने छन् ।

परिचयपत्रको अगाडि भागमा थर, नाम, जन्म, आमाको नाम, बुबाको नाम र परिचयपत्र नम्बर र परिचयपत्र सदर गरिएको मिति रहनेछ ।
परिचयपत्रको पछाडिको भागमा ठेगाना, नागरिकताको किसिम, श्रीमान् वा श्रीमतीको नाम र प्याकेज डाटा रहेको हुन्छ । अगाडि नेपालको लोगो र राष्ट्रिय झन्डा र पछाडि गैंडाको चिन्ह रहेको छ । परिचयपत्र नम्बर १० अंकको रहेको छ ।

–परिचय नम्बर प्राप्त व्यक्तिको मृत्यु भए वा कुनै कारणबाट त्यस्तो व्यक्तिको परिचयपत्र रद्ध भएको वा कायम नरहेको अवस्थामा परिचयपत्र नम्बर अरुलाई नदिइने
–झुटो विवरण पेस गरी परिचयपत्र लिएमा, विदेशी नागरिकले परिचयपत्र लिएमा, परिचयपत्र लिएको व्यक्ति नेपाली नागरिक नरहेमा परिचयपत्र रद्ध हुने

असार ५ गतेबाट पाँचथरमा अभियान सुरु गरिएको थियो । पहिलोचरणमा पाँचथरका १ लाख १० हजार र सिंहदरबारका ७ हजारले परिचयपत्र पाउने छन् । दोस्रो चरणमा १५ जिल्ला र तेस्रो चरणमा २५ जिल्ला र अन्तिममा बाँकी जिल्लामा गरी ५ वर्षभित्रमा सबै नागरिकलाई परिचयपत्र बितरण गरिसक्ने बिभागको योजना छ । परिचयपत्र’bout जानकारी दिन र यसको महत्व बुझाउन टोलटोलमा जाने विभागले जनाएको छ ।

परिचयपत्रमा नाम, थर, जन्ममिति, लिङ्ग, राष्ट्रियता, परिचय नम्बर, फोटो, ठेगाना, नागरिकताको नम्बर र किसिमका साथै अन्य जैविक विवरणहरु समावेश गरिएको हुन्छ ।

परिचयपत्रबाहकको पेसा, धर्म, शैक्षिक योग्यता र अन्य वैयक्तिक विवरण पनि समावेश गरिएको छ । परिचयपत्रमा ४ अंकको सेक्युरिटी अंक रहेको छ, जुन परिचयपत्रवाहकसँग गोप्य रहनेछ । फ्रान्सको आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनीले परिचयपत्र छाप्ने जिम्मा पाएको थियो । कम्पनीले नै विभागका कर्मचारीलाई डाटा संकलन र भण्डारण’bout सिकाएको थियो । विभागका कर्मचारीले अरुलाई सिकाएपछि परिचयपत्र बाँड्न थालिएको हो ।
‘सम्पूर्ण विवरण समावेश गरिने भएकाले यो परिचयपत्रलाई बहुउपयोगी बनाउने लक्ष्य लिएका छौं’, जोशीले भन्नुभयो– ‘पछि नागरिकताको सट्टामा यही परिचयपत्र प्रयोग हुन सक्छ ।’

गृह मन्त्रालयअन्तर्गत रहेको यो बिभाग यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको नाममा रहेको थियो । असोज २८ गते बसेको मन्त्रिपपिरषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको पञ्जीकरण विभागलाई व्यवस्थापन केन्द्रसँग समायोजन भएपछि यसको नाम राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग भएको हो ।

पञ्जीकरण बिभागले गर्दै आएको व्यक्तिगत घटना दर्ता गर्ने र सामाजिक सुरक्षाका कार्यक्रम पनि विभागले नै गर्ने गरेको छ । पहिले पञ्जीकरणको कार्यालय अझै पनि छँदै छ । विभागमा मात्र रहेर कार्यसम्पादन गर्न सम्भव नभएकाले पञ्जीकरण कार्यालय पुरानै ठाउँमा रहेको छ ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.