सुरेश गुरुङ,कुबेत
नेपाल कुवेत सरोकार समाज कुवेतलेआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाज ले आफनो अधिबेशन १५ फेब्रुअरी शुक्रबारका दिन जिलिब स्थित पपिंस हलमा गर्ने भएको छ।
उक्त दिन कुवेतमा कृयाशिल नेपाली संघ सस्था लगाएत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी नेपाली सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिनु हुन र उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नाजुधाइ दिनु हुन समाज को उपअध्यक्ष बबिन लामा आग्रह गरेका छन् ।
कार्यक्रमको विवरण:
समय: ११ बजेदेखि
मिति: १५ फेब्रुअरी २०१९ शुक्रबार
स्थान : पपिन्स हल जिलिब
आयोजक :नेपाल कुवेत सरोकार समाज