कुबेत नेपालडटकम
जनवरी १० कुबेत -तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार” भोली जनावारी ११ तारिक शुक्रबार हुन लागेको (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमु प्ये ल्हु संघ कुवेतका अध्यक्ष:उमा तमुस्यो ले जानकारी दिएको छ।
“प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”
अर्थात (शास्त्र हराए संस्कार हराउँछ ,संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ )भन्ने मुल नारा को साथमा कुवेत मा स्थापना भएको “तमु प्ये ल्हु संघ, कुवेत” ले कुवेत पनि तमु/गुरुङ हरुको मौलिक धर्म ,संस्कार र संस्कृति को संरक्षण र सम्बर्द्धन गर्ने र प्रत्येक तमुहरुलाइ प्ये ताँ ल्हु ताँ ’’bout जानकारी गराउने र कुवेत मा आफ्नो तमु मौलिक चाड पर्व हरु पनि मान्दै आएको छ ।
भोली जनावारी ११ तारिक शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपमा तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक ल्हाेसार कार्यक्रमकाे आयोजना गरिएकाे हुँदा कुबेत मा छरिएर रहनु भएका सम्पुर्ण तमु-तमुस्याेहरु कुवेतमा क्रियाशील नेपाली संघ संस्था, पत्रकार,कलाकार,खेलाडी ,बुद्धिजिवी, समाजसेवी, व्यावसायि तथा सम्पूर्ण नेपाली दाजु भाई दिदी दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी तमु प्ये ल्हु संघ,कुवेत ले हार्दिक अनुरोध गरेको छ।
थपजानकारी:-
मिति:जनावारी ११ तारिक २०१९ शुक्रबार
समय:ठिक १२ बजे देखी
स्थान:फर्वानिय आइडियल अडिटोरियम हल
आयोजक: तमु प्ये ल्हु संघ कुबेत
नोट:- साथमा तमुकलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती