तुलसी सुवेदी
काठमाडौं : वैदेशिक रोजगारका सेवा विकेन्द्रित हुन थालेका छन्। सरकारले केही दिनभित्रै सातवटै प्रदेशबाट सेवा दिने गरी तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबारदेखि गण्डकी प्रदेशबाट श्रम स्वीकृति दिने भएको छ। वैदेशिक रोजगारीमा जाने युवाको सहजीकरणका लागि मन्त्रालयले सबै प्रदेशबाट श्रम स्वीकृति दिने तयारी गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गण्डकी प्रदेशबाट बिहीबारदेखि वैदेशिक रोजगारका सबै सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मन्त्रालयले पुस १५ देखि बुटवल र जनकपुरबाट सेवा सुरु गरिसकेको छ। मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीका अनुसार अन्य प्रदेशबाट पनि छिट्टै सेवा सुरु हुनेछ। ‘केही दिनमै सबै प्रदेशबाट सेवा सुरु हुन्छ, अन्य प्रदेशको पनि तयारी अन्तिम चरणमा पुगेको छ’, उनले भने। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/01/2019
श्रम स्वीकृति गण्डकीबाट पनि सुरु
Posted in नेपाल समाचार
१६ औं सत्याग्रह शुरु गरे डा. केसीले (मागको पूर्ण विवरणसहित)
काठमाडौं, २५ पुस । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो १६ औं अनसन शुरु गरेका छन् ।
यसअघि आफूसँग भएको माग विपरित सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै उनले १६ औं पटक अनसन शुरु गरेका जनाएका छन् । सो विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट बुधबार नै पारित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सहुलियतको ऋण लिन युवा ओइरिए
सजना बराल
काठमाडौँ — दुई सन्तान जन्माउँदा पेटको शल्यक्रिया गर्नुपरेपछि मोरङकी विमला थापा (२९) गह्रौं काम गर्न नसक्ने भइन् । साढे तीन वर्ष मलेसिया बसेर हालै स्वदेश फर्किएकी उनी अब यहीँ कस्मेटिक पसल खोल्न चाहन्छिन् । त्यसका लागि कसरी पुँजी जुटाऊँ भइरहेकी थिइन् ।
सहुलियत ऋण लिनका लागि बानेश्वरस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा आवेदन दिन लाम लागेका वैदेशिक रोजगारबाट फर्केका
सरकारले सञ्चालनलमा ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान’ कार्यक्रमका लागि निवेदन माग भएको थाहा पाउना साथ उनी बुधबार वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालय पुगिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भोली जनावारी ११ तारिक शुक्रबार हुन लागेको “तमू ल्होसार” बिशेष कार्यक्रमा सम्पूर्ण मा हार्दिक निमन्त्रण
कुबेत नेपालडटकम
जनवरी १० कुबेत -तमु प्ये ल्हु संघ,कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब “तमू ल्होसार” भोली जनावारी ११ तारिक शुक्रबार हुन लागेको (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमु प्ये ल्हु संघ कुवेतका अध्यक्ष:उमा तमुस्यो ले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्