Daily Archives: 09/01/2019

विदेशबाट फर्किँदै हुनुहुन्छ ? तपाईंले ल्याएको सामान विमानस्थलमा जफत हुनसक्छ


२५ पुस, काठमाडौं । विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किँदा विगतको जस्तै टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्‍याउनुस् । पछिल्ला दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ । तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाले बताए । सरकारको झिटिगुन्टा आदेशअनुसार मात्रै सामान ल्याउन उनले आग्रह गरेका छन् । झिटीगुन्टा आदेशमा तोकिएको भन्दा बढी सामान ल्याए सीधै जफत गर्न थालिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कर्मचारी समायोजन : खटाएको ठाउँ नगए बर्खास्त, फारम भर्नेले इच्छाएको ठाउँ जान पाउने


सुरेन्द्र काफ्ले
काठमाडौं : खटाएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने तयारी सरकारले गरिरहेको छ। समायोजन ऐनको प्रावधानमा टेकेर पत्र दिएको २१ दिनभित्र तोकिएको ठाउँमा हाजिर नहुने कर्मचारीलाई बर्खास्त गर्ने तयारी गरेको हो। अटेर गर्ने कर्मचारीलाई बर्खास्त गर्ने तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताए। ‘चिठी दिएको २१ दिनभित्र तोकिएको ठाउँमा जानुपर्छ, कसैले जान्नँ भन्न पाउँदैन, जान्नँ भन्नेलाई बर्खास्तको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ’, उनले भने । अदालतको आदेशबाहेक अन्य कुनै पनि कारणले समायोजन फारम भर्ने म्याद थप्ने पक्षमा सरकार छैन। समायोजनप्रति असन्तुष्ट कर्मचारीको समूहले मौलिक हक प्रतिकूल हुने गरी कानुन ल्याइएको भन्दै बदर घोषित गर्न मागसहित सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । कर्मचारी आफ्नो इच्छाअनुसार फारम भरेर संघ, प्रदेश र स्थानीय तहमा समायोजन रोज्न पाउँछन् उनीहरूले रोजेको आधारमा खटाइने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्