Daily Archives: 07/01/2019

साउदीका महिलालाई अब ‘डिभोर्स म्यासेज’को सुविधा


साउदी : साउदी अरबका महिलाहरुले आफ्नो डिभोर्स हुनुअघि अब अदालतबाट म्यासेज प्राप्त गर्ने छन् । यहाँको नयाँ कानून अनुसार यही आइतबारदेखि गोप्य डिभोर्सको अन्त्य गर्दै महिलालाई डिभोर्सको पूर्वसूचना दिने भएको हो । जुन सूचनाका आधारमा महिलाले डिभोर्सका क्रममा आफ्नो क्षतिपुर्ति दावी गर्न सक्ने छन् । राजकुमार मोहम्मद बीन सलमानको पहलमा महिलालाई यस्तो सुविधा दिने भएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थल बुटिक हुँदै


सुरज कुँवर
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड, फोहोरमैलाले कुरूप लगायतका नकारात्मक दृश्य सम्झिन्छन् । अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल सायद देखिने छैन । बरु यो विश्वकै पहिलो बुटिक विमानस्थलका रूपमा परिणत हुनेछ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नामले चिनिँदै आएको यो स्थलको नाम सम्भवन काठमाडौं बुटिक इन्टरनेसनल एयरपोर्ट हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्ने


कुबेत नेपालडटकम

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज युएईले आयोजनामा भएको तमु फो-ल्होसार कार्यक्रम भव्यता साथ आबुधाबी युएईमा सम्पन्न ।


कुबेत नेपालडटकम

तमुहरु (गुरुङ) को मौलिक पर्व तमु फो-ल्हो (मृग वर्ग ) ल्होसार सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष झैं यश बर्ष पनि भव्यता साथ तमु समाज युएईले आबुधाबी मलयली समाजम हल मुसाफा आबुधाबी युएईमा तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योको सभापतित्वमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८, २०१९ मा हुने ।


कुबेत नेपालडटकम

किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले उक्त निर्णय गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्