भारतमा मन्दिर विवाद चर्कियो, नेताकै घरमा बम हमला, मोदीकाे भ्रमण पनि रोकियो


नयाँदिल्ली : केरलास्थित सबरीमाला मन्दिरमा महिलाहरुको प्रवेश विरुद्ध भड्कीएको हिंसात्मक प्रदर्शनले उग्र रुप लिएको छ । यसबीच यहाँका विधायक एएन समसीरको घरमै शुक्रबार राति बम नै आक्रमण भएको छ । यसअघि भाजपाका सांसद वी मुरलीधरन, माकपाका कन्नुर जिल्ला सचिव पी शशी तथा पार्टीका कार्यकर्ता विशकको घरमा पनि बम हमला भएको बताइएको छ । हमलामा विशक घाइते भएका छन् ।

सर्वोच्च अदालतले तीन महिनाअघि सबै उमेरका महिलालाई प्रवेशमा अनुमति दिएको थियो । भाजपा र हिन्दु संगठनहरुले अदालतको यस्तो फैसलाको विरोध गरेका हुन् । जहाँ राज्यका माकपा सरकार अदालतको फैसला लागु गराउने पक्ष र विपक्षमा प्रदर्शन गर्दा हिंसा भड्कीएको हो । माकपाले आफ्ना नेताहरुको घरमा बम हमला भएको घटनामा आरएसएसका स्वयंसेवकको हात रहेको आरोप लगाउँदै आएका छन् । यस क्रममा १७ सय ३८ जना प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

मोदीको भ्रमण नै रोकियो
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबार हुने भनिएको भ्रमण स्थगित गरिएको छ । भाजपाका नेताहरुको हवाला दिँदै ६ जनवरीमा तय गरिएको पठानथिट्टा यात्रा प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित गरिएको भारतीय मिडियाले जनाएका छन् ।

शुक्रबार राति श्रीलंकाकी एक महिला सबरीमाला मन्दिरमा प्रवेश गर्न खोज्दा गेटमै रोकिएको थियो । यस्तै २ जनबरीमा अन्य दुई महिलाले मन्दिर प्रवेश गरेपछि हिंसाले उग्र रुप लिएको हो । हिंसामा मन्दिर सञ्चालक समितिका एक हिन्दु कार्यकर्ताको मृत्यु भएको थियो ।

८ सय वर्ष पुरानो प्रथा
५० वर्षका महिलालाई मन्दिरमा प्रवेश रोक लगाउने एक प्रथाकै रुपमा स्थापित थियो । ८ सय वर्षयता चल्दैआएको यो प्रथा गत सेप्टेम्बर २८ मा सर्वोच्च अदालतले मन्दिरमा प्रवेश गर्न पाउने भन्दै फैसला गर्यो ।

यही फैसलाको विरुद्ध केरलाका राजपरिवार तथा मन्दिरका मुख्य पूजारीसहित केही हिन्दु संगठनले यस फैसला विरुद्ध पुनरावेदन गरका थिए । यसअघि यस मन्दिरमा ५० वर्षका महिलालाई रोक लगाइँदै आएको थियो । अदालतको फैसलापछि नै विरोध र हिंसा जारी रहेको हो । यस’bout केरलाको राज्यसभामा समेत चर्काचर्की हुँदै आएको छ ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.