अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष सांगितिक धमाका २०१९ सम्पन्न


माधब शाही –
कुवेत – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सब तथा नयाँ बर्ष सांगितिक धमाका २०१९ सम्पन्न भएको छ । कुवेतको हवाली स्थित बोय स्काउट थियटरमा अतिथी कलाकार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीका साथ सांगितिक कार्यक्रम गरी सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपानेको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालको रहेको थियो भने बिशिष्ट अतिथीमा राजदुत धर्मपत्नी रीता हमालको रहेको थियो ।अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरिकृष्ण न्यौपाने , गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल , नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।कार्यक्रम संचालन समाजका सल्लाहकार अम्मर खड्का र महासचिब निरुमायाँ खड्काले संयुक्तरुपमा गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई समाजका उपाध्यक्ष कृष्ण सुनुवारले मन्तब्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी साथै पाँचौ वार्षिक उत्सबको उपलक्ष्यमा केक काटी सांगितिक कार्यक्रमको उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत तथा कुवेतको राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो ।

प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल, बिशिष्ट अतिथीमा राजदुत धर्मपत्नी रीता हमाल , पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरिकृष्ण न्यौपाने , गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल , नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग , लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बक्ताहरुले प्रवासमा रहँदा कामको थकाई लाई बिर्सिदै एक दिन भए पनी सबै दुख: बिर्सिदै नेपालमा जस्तै रमाइलो गर्न पाउँदा आयोजक प्रति आभार प्रकट गरेका थिए ।
चर्चित गायक खुमन अधिकारीको सांगीतिक प्रस्तुति हेर्नका लागि कुवेतवासी नेपालीहरु व्यग्र प्रतिक्षामा थिए ।कार्यक्रम हल खचा-खच भरियको थियो । जब साँझ ३: बजेतिर चर्चित लोक दोहोरी गायक अधिकारी मञ्चमा उक्लिए, दर्शक दीर्घाबाट ताली वर्षियो । मञ्च उक्लिने बित्तिक्कै खुमनले आफ्नो नयाँ आउँदै गरेको गीत कुहु -कुहु कोहिली कराउने गुनगुनाए, ‘सँगै बाच्न पाईएन निर्माया ……!’ सिलाई देउला भोटो , कपाल कोर्ने काँइयो …, त्यो मन रुन्न होला …, स्यांजालीलाई न भन जाली ………, लगायत एक दर्जन भन्दा बढी प्रस्तुती पस्केका थिए । हानहान दोहोरीमा र्याप’ भन्ने गीत गाउँदा नाच्नेको धुइरो नै लागेको थियो ।

खुमनको प्रस्तुति कुवेतवासी नेपालीले निकै मन पराए । उनले मञ्चमा गाउँदै, नाच्दै एक घण्टा बढी समय बिताएका थिए भने स्थानिय कलाकारहरुको प्रस्तुतिले उपस्थित दर्शक हरुलाई थप मनोरन्जन प्रदान गरेको थियो ।रेली खोला बगर काफल पाक्यो लहरको गितको बोलमा पुजा खड्को नृत्य बाट सुरु भयको सांगितिक धमाकामा बिजय ठकुरी , ललित पुन , पुजा खड्का, नेहा राय श्याम बीसी , साबित्रा गैरे , सन्ध्या मगर , अरुण रास्कोटी लगायतले नृत्य पस्केका थिए भने गायन सालको पात टपरी उनी – रतन बाजुराली ,बसन्त परिवार – उही खोलीको पानी उही,गोबिन्द न्यौपाने , बिमल श्रेष्ठ , कृष्ण सुनुवार , दिलिप शाह , ललित पुन मगर , बिशाल पाख्रिन लगायतको लगायतको गायनले उपस्थित हरुको मन जितेको थियो ।

समाजले गर्यो राजदुत दम्पती लाई सम्मान तथा बिदाई

अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतले कदर पत्रका साथ दोसल्ला ओडायर नेपाली राजदुतावास कुवेतका राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाल लाई सम्मान तथा बिदाई गरेको थियो ।
राजदुत हमाल कार्यअबधी समाप्त भइ नेपाल फर्किन लागेका हुन् । कुवेतको कार्यअबधीमा नेपाल र नेपालीहरुको हितमा इमान्दारिता साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी उक्त कार्यको उच्च मुल्यांकन गर्दै अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतले कदर पत्रका साथ सम्मान गरेको थियो ।

बिशेष सहयोगीहरुलाई समाजले गर्यो सम्मान

समाजले कार्यक्रम सफल पार्न सहयोग गरेका विशेष सहयोगीहरु लगायत अतिथी कलाकार लाई कदर पत्रका साथ दोसल्लाले सम्मान गरेको थियो । सम्मान पाउनेहरुमा अतिथी कलाकार खुमन अधिकारी लगायत
बिइसी एक्सचेन्जका प्रतिनिधी डम्बर गुरुङ , माया बुधा ,शिब कोइराला , राजेन्द्र कटवाल , चन्द्रकला गौतम , टिका न्यौपाने , बिष्णु परियार , होमनाथ गिरी रहेका थिए ।

वार्षिक उत्सब तथा नयाँ बर्ष सांगितिक धमाका कार्यक्रमका सभापती डोल राज न्यौपानेले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भयको घोषणा गरेका थिए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.