कुबेत नेपालडटकम
भोली जनवरी ४ तारिख २०१९ कुबेत अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको लागि नेपाल बाट पल्नु भएका अतिथि कलाकार गायक खुमन अधिकारी आज स्थानिय समय अनुसार बिहान को ५ बजे फ्लाई दुबई एरवेजमा बाट कुवेत आइपुग्ने भएको छ ।कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ को लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत परिवार कुवेतमा कृयाशील नेपाली संघ संस्था, प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थिए।
भोली हुने सांगीतिक कार्यक्रम लाई सब्य र भब्या पर्न को लागि संस्थाका अध्यक्ष डोलराज न्यौपाने ले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहेको बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन |
उक्त सांगीतिक कार्यक्रमको लागि आयोजक ले कार्यक्रम स्थल जान को लागि बिभिन्न स्थानहरुबाट निशुल्क यातायातको ब्यबस्था गरेको छ। बस छुटने समय ११ बजे बस लाग्ने स्थान हरु फाहिलको ग्राण्डहाइपर हुँदै मंगाफ को राउण्ड अबाउट हुँदै अबुहलिफा,माहबुला सि साइड,फिन्टास हुँदै कार्यक्रम स्थल हवाली स्थित बोय स्काउट थियटरमा जाने भएको छ। भने जिलिब पानी टयांकी अब्वासिय फर्वानिया हुँदै कार्यक्रम स्थल जाने ब्यबस्था गरेको आयोजकले जानकारी दिएको छ।
मिति:- जनवरी ४ तारिख शुक्रबार २०१९
स्थान:- हवाली स्थित बोय स्काउट थियटर हवालि बेरुत स्टेरेट ब्ल्क 10 boys scouts association बिल्डिङ मा hall हो। फायर स्टेशन अगाडि। पोस्ट अफिस अग्लो टाओर घर छ।।।।तहा नजिक राउन्ड अबाउट संपर्क टेलिफोन 66884091.65065379.
समय:- बिहान ठिक १२ बजे
आयोजक :-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत