तमू समाज कुवेतले ‘तमू ल्होसार’ भव्यताका साथ मनायो


सुरेश गुरुङ,कुबेत

डिसेम्बर २९- प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू ल्होसार (‘खि ल्हाे’ कुकुर वर्गको बिदाई गरी ‘फो ल्हो’ मृग वर्गको स्वागत गर्दै) शुक्रबार भव्य रुपमा सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष राजु तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमका नेपाली राजदुतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल प्रमुख रहेका थिए भने विशिष्ट अतिथिहरुमा राजदूत हमाल धर्मपत्नी रिता हमाल, राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेन थिए भने कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो ।

कुवेत स्थित ईन्डियन पब्लिक स्कुलको हलमा भएको हो । उपाध्यक्ष यम तमु, सदस्य सुसिल तमु र रन्जना तमुस्योले कार्यक्रम सञ्चालन गरेका थिए ।

सभापति, प्रमुख अतिथी र विशेष अतिथिहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । यसैगरी नेपाली राष्ट्रिय गीत र तमु राष्ट्रिय गित (तमु ह्युल्सा) द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो । कार्यक्रममा समाजका महासचिव सुरेश गुरुङ्ले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए भने समाजका सस्थपक अध्यक्ष बरिष्ट सल्लाहकार अमर तमु र सल्लाहकार खोप गुरुङले ल्होसार ’bout प्रष्ट पारेका थिए।

कार्यक्रमा आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्किन लागेका राजदूत हमाल र प्रथम सचिब भोगेन्द्र लिङदेनलाई तमुहरुको परम्परा अनुसार फेटा (क्रेगी)र भाग्रा लगाइ फूलको गुच्छाले सम्मान पूर्वक समाजले बिदाइ गरेको छ ।

राजदुत हमालले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए । यसैगरी गैर आवसीय नेपाली संघ कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्यबा तामाङ, किरात राई यायोक्खा शखा कुवेतका अध्यक्ष मन्जित राई, नेपाली प्रवासी टयाक्सी ब्यवासायी संग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ, महिला प्रतिनिधि एवं पत्रकार नैना कला राइ, खोटाङ कुवेत संपर्क मञ्चका प्रेम कटवाल, नेपाल पत्रकार महासँघ, कुवेतका सद्स्य पत्रकार राज मल्ल ठकुरी, लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

‘फो ल्हो’ ल्होसार कार्यक्रमा समाजका समाजका सस्थापक अध्यक्ष अमर तमु, सल्लाहकार वीर माया तमुस्यो, नेपालबाट आएका पूर्व अध्यक्ष खोप गुरुङका आमा र सासुआमाहरु द्वारा ल्होसारको पूजापाठ गरी धार्मिक परम्परा अनुसार खि ल्हाे र फो ल्होका तमु दाजुभाइ तथा दिदिबहिनीहरुलाई स्याई स्याई गरी रिपा (पैरु) लगाइ आशिर्वाद दिएका थिए । जेष्ठ नागरिक दुबै आमाहरुलाई समाज द्वारा फूलको गुच्छा, खादा एवं दोसल्ला ओढाई सम्मान गरे।

कार्यक्रममा तमु समाज कुवेतलाई योगदान गर्ने ५ सदस्यहरु ममता तमुस्यो, रिशा तमुस्यो, दिल राज तमु, मिन बादुर तमु र किरण तमुलाई मायाको चिनो, क्रमु र क्रेगीद्वारा सम्मान गरिएको थियो भने तमु पोशाकमा सजिएर आउने एक तमु, एक तमुस्यो र एक गैर तमुश्योलाई पनि उत्कृष्ट तमु पोशाकमा पुरस्कृत गरिएको थियो जसमध्ये रुप तमु, स्‍मृति तमुश्यो र अनिता राइ सम्मनित भएका थिए ।

आगन्तुकहरुको उपस्थितिले खचाखच भरिएको कार्यक्रम हलमा तमु कलाकारहरु सन्तोष (डेनी) तमु, रुप तमू, शोभा तमूस्यो, बेद प्रसाद तमु, अमृत तमु, कुमारी तमुस्यो, माया तमुस्यो, सुसिल तमु, सरस्वती तमुस्यो, जेलियाना तमुस्यो, प्रकिती तमुस्यो, स्मृति तमुस्यो, कमडी बुद्ध बहादुर तमूको झ्याउरे नृत्य, सालैजो, कौडा, सोरठी एवं हास्य नृत्यहरुको बेजोड प्रस्तुतीले ल्होसारमय बनेको थियो ।

गायक सन्तोष (डेनी) तमुको दमदार गायन साथै नयाँ तमु कलाकारहरुको नौलो प्रस्तुतीहरुले कार्यक्रमलाई झनै रोमान्चक बनाएको थियो । हास्य कलाकार बुद्ध तमुको ‘बेहुला बनाउछु भन्थि, बहुला बनाएर गई’ भन्ने जीवन्त अभिनयले ढर्शकहरुलाई पेट मिची मिची हास्न वाध्य बनाएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु तमुले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सबैलाई विशेष धन्यवाद दिएका थिए ।

अन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीतहरु प्रस्तुत गरि भरपुर मनोरंजनका साथ कार्यक्रम बेलुकी ७ बजे सम्पन्न भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.