तमु प्ये ल्हु संघ युएई ले तमू फो ल्हो,ल्होसार भव्यता को साथ मनाईनयो


दुबई| तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित युएईको दुबई स्थित अल्कुजको डुल्स्को हलमा शुक्रबार तमु फो-ल्होसार सास्कृतिक कार्यक्रम भव्यका साथ सम्पन्न भएको छ।
नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व ग्रहण संघका अध्यक्ष ओम प्हच्यु तमुले गर्नु भएका थिए भने आदीबासी जनजाती महासंघ, एनआरएनए लगायत बिभिन्न जातिय संघ सस्था र जिल्लागत समाजहरुको प्रतिनिधी रहेका यस कार्यक्रमको सन्चालन पहिलो चरण औपचारीक कार्यक्रम बरीष्ट उपाध्यक्ष भिम लम तमु र महिला सचिब विष्णु ङोप्छे तमुस्यो र दोश्रो चरणको सास्कृतिक कार्यक्रममा महासचिव महेश लेम तमु, सह कोषाध्यक्ष सशिला भुच्चा तमुस्यो र सकृय सदस्य देवी लेम तमुस्योले सन्चालन गर्नु भएको थियो ।

तमु समुदायको सस्कार अनुसार पच्यु गुरु बाट छ्योपा त्हेँ गरी बिधिबत सुरु भएको कार्यक्रममा अन्य क्ल्हेप्री र बोन्पो लमले समेत आ आफ्नो बिधी अनुसार क्रमश: ग्रह शान्ति (थाँसो त्हेँ) र सह बटुल्ने (छैकु ह्योखु त्हेँ) सम्पन्न गरी बर्ग(ल्हो) चलेकोहरुलाई खेगी गुरुहरु बाट रिपा र आशिष ग्रहण गराईएका थिए ।औपचारीक कार्यक्रम लगत्तै तमु जातीको झाँकी प्रदर्शन गरेका थिए उक्त झाँकीमा तमु जातीको पहिचान दिने धर्मगुरु हरु, धार्मिक आस्थाको क्वोईबो, घाटु सस्कृति, छ्याँडु, आफ्नो मौलिक पहिचान बचाऔ भन्ने सन्देश दिने खालका बिभिन्न बिभिन्न लेखाईका प्लेकार्डहरु सहित मौलिक औजारहरु प्रदर्शनी गरेका थिए ।
कार्यक्रम चर्चित लोक दोहोरी गायक राजु गुरुङ र लोकदोहोरी गायिका सबिना गुरुङको उपस्थितीले अत्याधिक दर्शकको सहभागि रह्यो भने सबै दर्शकहरुलाई आयोजकले सगुन स्वरुप सेलरोटी अचार व्यवस्था गरेका थिए ।यसरी दर्शकहरुलाई सेल रोटी र अचार सगुन दिने प्रचलन तमु प्ये ल्हु संघले गत साल देखि नै सुरु गरेको खाजा नास्ता संयोजक लाल सुब्भा थिमें तमुले बताए ।
मुख्य प्रायोजकको रुपमा रहेका LM Exchange र आयोजक बाट अलग अलग गरी दुई वटा लक्की ड्र समेत गराएका थिए भने केहि हप्ता अघि कस्की आदर्ष समाज युएई द्वारा आयोजित भलीबल प्रतियोगितामा द्वितिय हुन सफल संघका खेलाडीहरुलाई संघकी महिला बिभाग प्रमुख मीरा प्हच्यु तमुस्यो बाट ब्यक्तिगत प्रायोजनमा खेलाडीहरुलाई हौसला र मनोबल दिन टि शर्ट हस्तान्त्रण गर्नु भएकी थिन् ।
कार्यक्रममा राजु गुरुङ र सबिना गुरुङले उपस्थित सबै दर्शकहरुलाई धोको फिर्नुजेल नचाए भने नृत्यकार रेशम गुरुङ, सस्वती गुरुङ लगायत स्थानिय कलाकारहरु को बेजोड प्रस्तुतीले पनि कार्यक्रम थप मनोरन्जनमय बनेका थिए ।कार्यक्रमको उत्तारार्धमा आयोजकले खेगी गुरुहरु, खेलाडी, व्यावसायि प्रायोजक र संघ बाहिरका प्रायोजकहरुलाई सम्मान गरेका थिए । करीब राती ११:०० बजे सम्म चलेको उक्त कार्यक्रमलाई सभापति ओम प्हच्यु तमुले समापन गर्नु भएको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.