Daily Archives: 30/12/2018

तमु प्ये ल्हु संघ युएई ले तमू फो ल्हो,ल्होसार भव्यता को साथ मनाईनयो


दुबई| तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित युएईको दुबई स्थित अल्कुजको डुल्स्को हलमा शुक्रबार तमु फो-ल्होसार सास्कृतिक कार्यक्रम भव्यका साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

तमू समाज कुवेतले ‘तमू ल्होसार’ भव्यताका साथ मनायो


सुरेश गुरुङ,कुबेत

डिसेम्बर २९- प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू ल्होसार (‘खि ल्हाे’ कुकुर वर्गको बिदाई गरी ‘फो ल्हो’ मृग वर्गको स्वागत गर्दै) शुक्रबार भव्य रुपमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जेलबाट छुटेर सिधै खुमलटार, खुसीयाली मनाउन सार्वजनिक विदा


काठमाडौं, १५ पुस । रौतहट जिल्लाको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा रिहाइ भएको खुसीयालीमा आज (आइतबार) सार्वजनिक विदा दिइएको छ । तत्कालीन माओवादीबाट मेयरमा विजयी भएका कुशवाहले खुसीयाली मनाउन नगरपालिकाभित्र सार्वजनिक विदा दिएका हुन । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका मेयर कुशवाहालाई सर्वोच्च अदालतले सफाइ दिएको थियो । जेलबाट छुटेपछि कुशवाह हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट पुगेका छन् । उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँ भनिएका बिजुली बस भारतका


बस फिर्ता गरेर चीनमा बनेका ल्याउन आपूर्तिकर्ता कम्पनीलाई निर्देशन
बलराम बानियाँ
काठमाडौँ — सरकारले टेन्डर आहवान गरी चीनबाट खरिद गरेको भनिएका पाँचवटा विद्युतीय बस भारतमा बनेको पाइएको छ ।
पर्यटन मन्त्रालयद्वारा मेकानिकल इन्जिनियर (उपसचिव) दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’ अनुसार भए–नभएको अध्ययन गर्दा ती बसका पार्टपुर्जा भारतमा बनेको पाइएको हो । थप अध्ययनक्रममा आपूर्तिकर्ता कम्पनीले ती बस भारतमा उत्पादन भएको वीरगन्ज भन्सारमा उल्लेख गरेको पाइएको जानकारी मन्त्रालयका अधिकारीले दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सबीच भएको टेन्डर सम्झौतामा चीनमा बनेका गुणस्तरीय बस ल्याउनुपर्ने उल्लेख थियो । पढ्नेक्रम जारी राख्नुहोस्

अब सीमा सीमामा सीसी क्यामेरा: सुरक्षालाई प्रविधिमैत्री बनाउदै सशस्त्र


दीपक रिजाल/मधुसूदन रायमाझी, काठमाडौँ ।
सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो । सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावित स्थानहरुको अध्ययन गरेर सुक्ष्म निगरानी गर्दै जाने गरी प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलले जनाएको छ । हाल भएको जनशक्तिले मात्र सीमामा निगरानी गर्न कठिनाई भएकाले प्रविधिको प्रयोग आवश्यक महशुस गरेर यो प्रविधिको प्रयोग गर्न लागिएको शसस्त्र प्रहरी बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्