Daily Archives: 27/12/2018

निर्मला प्रकरणः ‘पानीमाथिको ओभानो’ बने ३ हाकिम


गौरव पोखरेल

१२ पुस, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको भूमिका’bout अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले गठन गरेको छानविन टोलीले जवानदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म १८ जनालाई लापरबाहीको आरोपमा कारबाहीका लागि सिफारिस गर्दा अनुसन्धानमा निर्देशन र नियमन गर्ने उच्च अधिकारीहरुको भूमिका’bout अहिलेसम्म केही बोलिएको छैन । तल्लो दर्जाका अधिकारीहरुमाथि कारबाही हुँदा समितिका नेतृत्वकर्ता प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यात आफैं ‘पानीमाथिको ओभानो’ बनिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वाइडबडी खरिद प्रकरण : अग्रिम भुक्तानी र मूल्य समायोजनको नाममा झण्डै एक अर्ब ६५ करोड रुपैयाँ अनियमितता


कृष्ण ज्ञवाली
काठमाडौँ — नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदमा ‘मूल्य समायोजन’को नाममा ७५ करोड रुपैयाँ अनियमित ढंगले बढी भुक्तानी गरेको भेटिएको छ । निगमले बोलपत्रमा कबुल गरेको अंकको तुलनामा मुल्यवृद्धि भन्दै बढी भुक्तानी गरेको हो । विमान आउने समयसीमाभन्दा पहिले ८ अर्ब ९६ रुपैयाँ भुक्तानी गर्दा ब्याजमा मात्रै झण्डै ९० करोड रुपैयाँ नोक्सानी भएको छ। दुवै शिर्षकमा नोक्सानीको आकार झण्डै एक अर्ब ६५ करोड रुपैयाँ हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

परराष्ट्रको विज्ञप्तिमा बेइज्जत ! ज्यान गुमाएकामा ‘बधाई’ ?


काठमाडौं : इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा ‘बधाई’ दिएको जनाइएको छ। विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ‘बधाई सन्देश पठाएको’ लेखिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्