Daily Archives: 25/12/2018

डिसेम्बर २८, शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम को तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रण


कुबेत नेपालडटकम

तमू ल्होसार-२०१८ का अबसरमा आगामी डिसेम्बर-२८, शुक्रबार हुन लागेको “तमू ल्होसार (खि ल्हाे कुकुर बर्गको बिदाई अनि फो ल्हो, मृग बर्गको स्वागत) तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको तमू समाज कुवेतका अध्यक्ष:राजु गुरुङ ले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

आज क्रिसमसडे, विविध कार्यक्रम गरी मनाइँदै


१० पुस, काठमाडौं । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

निर्मला प्रकरण : यातना दिएको भन्दै विशालका परिवारले प्रहरीविरुद्ध उजुरी दिए


विष्णुप्रसाद देवकोटा
महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै न्यायका लागि परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार विशालका बुवा वीरवहादुर चौधरीले कञ्चनपुर प्रहरीले पक्राउ गरिसकेपछि हिरासतमा यातना दिएको भन्दै उजुरी दिएका हुन् । आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा विरवहादुरले ईमेल मार्फत उजुरी पठाएका छन् । ‘मेरो छोरालाई निर्मला पन्त बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरियो’ उजुरीमा विशालका बुवा वीरवहादुरले भनेका छन्, ‘हिरासतमा नै उसलाई मानसिक र शारिरीक दुबै यातना दिएर आरोप स्वीकार्न लगाइयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसको तयारीले झस्कियो सरकार, संसदमा घम्साघम्सीको संकेत


विमल योगी
काठमाडौं, १० पुस । प्रतिनिधि सभाको हिउँदे अधिवेशन बुधबारदेखि शुरु हुँदै छ । संसद सचिवालयले तयारी धमाधम गरेको छ ।
संसदको बैठक शुरु हुने अन्तिम तयारी भैरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि आफनै खालको रणनीति बनाउन थालेको छ । स्रोतका अनुसार कांग्रेसले मुलुकको पछिल्लो अवस्था विग्रिएको भन्दै संसदमा जोडदार आवाज उठाउने तयारी गरेको हो । आवश्यक प¥यो भने कांग्रेसले सदन अवरोधसम्मको योजना बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्