विष्णुप्रसाद देवकोटा
महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले रिहा गरेको छ।
अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरेको हो। परिवारका सदस्यहरुलाई भने शनिबार मात्रै जिम्मा लगाइएको छ। प्रहरीले शुक्रबार बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/12/2018
निर्मला हत्याप्रकरण : विशाल चौधरी रिहा, भन्छन् ‘मार्ने डर देखाएपछि आरोप स्वीकारेँ’
Posted in नेपाल समाचार
दलितले पाउँदैनन् जन्ती र मलामी
प्रदेश ब्युरो
सुर्खेत : चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् । कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
कांग्रेस महासमिति बैठक आज सकिँदै
रामकृष्ण चापागाई
हिजो ढिलो गरी शुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम जारी छ। आज आइतबार केही जिल्ला सभापति र महासमिति सदस्यहरूले विधान प्रस्तावमाथि धारणा राखेपछि साFझ महासमिति बैठक समापन गर्ने तयारी भइरहेको छ। केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएर आएको विधान प्रस्तावमाथि जिल्ला सभापति र महासमिति सदस्यहरूले केही बुFदामा असहमति राखे पनि विधानमा तलमाथि केही नगर्ने सभापति शेरबहादुर देउवाले स्पष्ट पार्नुभएको छ। शनिबार महासमिति बैठक शुरू हुनुपूर्व कांग्रेस जिल्ला सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतसFग भएको छलफलमा सभापति देउवाले केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएको विधानको कुनै पनि बFुदा परिवर्तन नगर्ने स्पष्ट पार्नुभएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार