देउवालाई फाल्ने अभियानमा गगन पनि सहभागी, बाह्र भाईको विशेष तयारी


काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई असफल बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले भरमग्दुर प्रयास गरेका छन । पौडेल, डा.कोइराला र सिटौलाले आफू निकटका युवा नेताहरूलाई परिचालन गरेर देउवाविरुद्धव अभियान चलाउन आदेश दिएका छन । आदेशपछि गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङसहितका एक दर्जन युवा नेताहरूले घुमाराउ भाषामा सभापति देउवाको राजीनामा माग गरेका छन ।

तेह्रौँ महाधिवेशनको कार्यकाल अझै दुई वर्ष बाँकी रहँदै देउवा हटाउन पौडेल, डा.कोइराला र सिटौला समूहका बाह्र युवा केन्द्रीय सदस्यहरूले शीघ्र महाधिवेशनको माग गरेका हुन । उनीहरूको मागलाई सभापति देउवा समूहका युवा नेताहरूले मन पराएका छैनन ।

पौडेल, डा.कोइराला र सिटौला समूहले महासमितिलगत्तै १४औं महाधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने माग गरेका छन ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, रत्न शेरचन र किरण यादवले निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा ८८ पृष्ठको लिखित धारणा बुधबार महासमिति बैठकमा प्रस्तुत गरेका छन् । उनीहरूको यो मागले कांग्रेसभित्र अर्कै बहस शुरु भएको छ । विरोधी सभापति देउवालाई तह लगाउन युवा नेताहरूको यो अभियानले कांग्रेसभित्र तीब्र असन्तुष्टि बढेको छ ।

लिखित धारणामा भनिएको छ, ‘२०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए, त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुँदा एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको छ’

‘देशमा ७ सय ५३ स्थानीय सरकार बने, ७ प्रदेश सरकार बनिसक्यो, १ सय ६५ संघीय क्षेत्र र ३ सय ३० प्रादेशिक क्षेत्र बने, वडाहरू नयाँ बनेका छन’, उनीहरूको भनाइ छ, ‘अहिलेको विधानअनुसार ७ प्रादेशिक समितिबाहेक हामी अहिले केही बनाउन सक्दैनौं । सबै तदर्थ समिति बनाएर चलाउनुपर्ने हुन्छ । यसले पार्टीलाई नवजीवन दिन सक्दैन, थप क्षति मात्रै हुन्छ ।’

वरिष्ठ नेता पौडेलले समयमै १४औं महाधिवेशन सम्पन्न गर्न महासमिति बैठकलगत्तै कार्यतालिका ल्याउनुपर्ने माग गरिरहेका छन् । पौडेलले पार्टी केन्द्रीय कार्यसमिति र अनौपचारिक बैठकमा निरन्तर भन्दै आए पनि सभापति शेरबहादुर देउवा यस विषयमा मौन छन् ।

पहिलो पुस्ताको नेतृत्व शिथिल र यथास्थितिवादी रहेको भन्दै परिवर्तनको मुद्दासमेत उनीहरूले उठाएका छन् । अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु रहेको उनीहरूको भनाइ छ ।

०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुँदा एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको उनीहरूको धारणा छ ।

संघ, प्रदेश र स्थानीय तहमा पार्टी पराजित भएको नैतिक जिम्मेवारी सभापति देउवाले लिनुपर्ने उनीहरूको ठहर छ । पराजय आफ्नो कारण नभएको भन्दै सभापतिले जिम्मेवारी लिन अस्वीकार गर्दै आएका छन् ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.