Daily Archives: 20/12/2018

अमेरिकी पूर्वराष्ट्रपति ओबामा जब धोक्रो बोकेर अस्पताल पुगे…


५ पुस, काठमाडौं । नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् । तर, विदेश, त्यसमा पनि शक्तिराष्ट्र अमेरिकाको कुरा अलि बेग्लै छ । त्यहाँका भीआईपीहरु रवाफिलो भन्दा पनि सरल जीवन बाँच्छन् । हामीले साना ठानेका काम निस्फिक्री गर्छन् र जनताका दुःखमा हात अघि बढाउँछन् । राजनीतिलाई साँच्चै उत्तरदायी र सेवाको रुपमा उपयोग गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

देउवालाई फाल्ने अभियानमा गगन पनि सहभागी, बाह्र भाईको विशेष तयारी


काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई असफल बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले भरमग्दुर प्रयास गरेका छन । पौडेल, डा.कोइराला र सिटौलाले आफू निकटका युवा नेताहरूलाई परिचालन गरेर देउवाविरुद्धव अभियान चलाउन आदेश दिएका छन । आदेशपछि गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङसहितका एक दर्जन युवा नेताहरूले घुमाराउ भाषामा सभापति देउवाको राजीनामा माग गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ दिन विज्ञको सुझाव


दीपेन्द्र विष्ट
काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरूले सुझाएका छन् । जलविद्युत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाइ उनीहरूको छ ।  पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । ‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नु हुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्