Daily Archives: 19/12/2018

निर्मला हत्या प्रकरण : प्रदीप र विशालको डीएनए रिपोर्ट जिल्ला पठाइयो


ज्ञानेन्द्र खड्का
काठमाडौं : कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको डीएनए रिपोर्ट जिल्ला पठाइएको छ। मंसिर १८ गते काठमाडौंको महाराजगन्जमा पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र अमेरिकाका विदेशमन्त्रीस्तरीय वार्तामा उत्तर कोरिया’bout छलफल


अमेरिकाले भन्यो- दुई नेताबीचको भेटवार्ता ऐतिहासिक
४ पुस, काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीच १७ वर्षपछि भएको उच्चस्तरीय औपचारिक छलफलमा उत्तर कोरियाको ’boutमा समेत छलफल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोबीच भएको औपचारिक वार्तामा क्षेत्रीय मुद्दामा नेपालको भूमिका’bout छलफल भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

स्वकीय सचिवको तलब आफैं लिन्छन् सांसद


मकर श्रेष्ठ
काठमाडौँ — संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् । पढ्नेक्रम जारी राख्नुहोस्

शिक्षकका लागि नयाँ कानुन ल्याउने तयारी, राजनीति गरे जागिर चट


ईश्वरराज ढकाल, काठमाडौं
सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको छ । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउदै आएपनि त्यो विषय कार्यान्वन हुन सकेको थिएन । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । कुनै पनि विद्यालय शिक्षकले अब उप्रान्त कुनै पनि राजनीतिक दलको पार्टी सदस्य तथा समिति पदाधिकारी हुन नपाउने, भएमा शिक्षक पद बाँकी नरहने कानुनी ब्यवस्था गर्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् । उक्त विषय सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्