नातिको कोदालो प्रहारबाट घाइते हजुरआमाको पनि मृत्यु


यज्ञराज थापा
दैलेख : नारायण नगरपालिका–३ भुर्ति गाउँमा आफ्नै नातिले कोदालोले हान्दा गभ्भीर घाइते भएकी हजुरआमा जुहारा नेपालीको मृत्यु भएको छ । सोमबार २६ वर्षीय बालाराम नेपालीले ७० वर्षीय हजुरआमा(बज्यै) जुहारा नेपालीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बालारामकै कोदालो प्रहारबाट उनकी ४६ वर्षीया आमा पार्वती सार्कीको सोमबार नै मृत्यु भएको थियो।
बालारामले सोमबार दिउसो करीब साढे १ बजेतिर आमा पार्वतीलाई घरमै बसिरहेका बेला पछाडीबाट कोदालोले टाउकोमा हिर्काएपछि रोक्न खोज्दा उनले हजुरआमामाथि पनि कोदालो प्रहार गरेका थिए । आमा पार्वतीको भने घटनास्थलमा नै मृत्यु भएको थियो ।

कोदालो प्रहारबाट मुर्छित बनेकी आमा पार्वतीलाई बचाउँन खोज्दा छिमेकी मनिसरा नेपाली र कौशिला नेपाली पनि घाइते भएका थिए । अहिले उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बालारामको मानसिक अवस्था ठीक नभएको बताइएको छ । (अन्नपूर्ण)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.