Daily Archives: 18/12/2018

नातिको कोदालो प्रहारबाट घाइते हजुरआमाको पनि मृत्यु


यज्ञराज थापा
दैलेख : नारायण नगरपालिका–३ भुर्ति गाउँमा आफ्नै नातिले कोदालोले हान्दा गभ्भीर घाइते भएकी हजुरआमा जुहारा नेपालीको मृत्यु भएको छ । सोमबार २६ वर्षीय बालाराम नेपालीले ७० वर्षीय हजुरआमा(बज्यै) जुहारा नेपालीलाई कोदालो प्रहार गरी घाइते बनाएका थिए । दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बालारामकै कोदालो प्रहारबाट उनकी ४६ वर्षीया आमा पार्वती सार्कीको सोमबार नै मृत्यु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भएको छ ।९३ वर्षीय गिरीको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । पढ्नेक्रम जारी राख्नुहोस्