सरकारले भीभीआईपी उडानका लागि भन्दै सेनामार्फत प्रतिस्पर्धाबिनै किन्याे डेढ अर्बकाे हेलिकप्टर


सेनाले इटालीको उत्पादक कम्पनीसँग सोझै डेढ अर्ब रुपैयाँमा किनेको हो
काठमाडौँ — सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।
उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिनेछ ।
दुई साताअघि मुलुकमा आइसकेको उक्त हेलिकप्टर अझै केही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिनेछ । खरिद सम्झौताअनुसार आए/नआएको अध्ययन गरेपछि उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले बुझेर आफ्ना अरू हेलिकप्टरसँगै राख्नेछ ।

सेनाले खुला प्रतिस्पर्धाको प्रक्रिया नअपनाई सोझै इटालीको उत्पादक कम्पनीसँग वार्ताका माध्यमबाट खरिद सम्झौता गरी हेलिकप्टर किनेको हो । पञ्चायतकाल र बहुदलकालमा तत्कालीन राजाका लागि मात्र उडान गर्ने ‘सुपरपुमा’ हेलिकप्टर थियो ।

यो पनि पढ्नुहोस् : राष्ट्रपति निवास बढाउन प्रहरी प्रतिष्ठान सारिने

उक्त हेलिकप्टरसमेत सेनाले सञ्चालन गथ्र्यो । यो नयाँ हेलिकप्टर सुपरपुमाजस्तै भीभीआईपीको उडानमा मात्र प्रयोग हुनेछ । सुपरपुमा थोत्रो भइसकेकाले भीभीआईपी उडानका लागि अर्को सुविधासम्पन्न हेलिकप्टर खरिद गर्नुपरेको जानकारी सैनिक स्रोतले दिएको छ ।

सरकारले नेपाली सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडका लागि १४ करोड रुपैयाँमा विलासी गाडी खरिद प्रक्रिया पनि अघि बढाएको छ । राष्ट्रपतिका लागि मात्रै होइन, सुरक्षाका अगुवा र पछुवा गाडीसमेत खरिद गर्न लागिएकाले १४ करोड रुपैयाँ लाग्ने जानकारी स्रोतले दिएको छ ।

संवैधानिक राष्ट्रपतिका लागि त्यति महँगो गाडी खरिद प्रक्रिया अघि बढाइएकोमा चर्को आलोचना भइरहेका बेला सरकारले भीभीआईपीकै लागि भन्दै हेलिकप्टर किनेको हो ।

यो पनि पढ्नुहोस् : राष्ट्रपतिको गाडी’bout सरकारको प्रस्टीकरण : १८ करोड एउटैको मूल्य होइन

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भीभीआईपी उडान गर्न हेलिकप्टर खरिद गरिएको जानकारी दिए । ‘मन्त्रिपरिषदको निर्णयअनुसार भीभीआईपी उडानका लागि अगुस्टा हेलिकप्टर खरिद गरिएको छ,’ भण्डारीले कान्तिपुरसँग भने, ‘राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको उडान गर्न हेलिकप्टर ल्याइएको हो । हेलिकप्टर आइसकेको छ । खरिद सम्झौताअनुसार आए/नआएको अध्ययन भइरहेको छ ।’ अध्ययनबाट खरिद सम्झौताअनुसारको पाइएमा सेनाले उक्त हेलिकप्टर बुझेर लिएर भीभीआईपी उडानका लागि सञ्चालनमा ल्याउने छ ।

अघिल्लो सरकारकै पालामा उक्त हेलिकप्टर ल्याउने निर्णय भएको र अहिले मात्र खरिद भएको जानकारी सैनिक स्रोतले दिएको छ । सेनाको हवाई उड्डयन निर्देशनालयका चालकले उक्त हेलिकप्टरको परीक्षण उडानसमेत गरिरहेको जानकारी स्रोतले दिएको छ ।

नेपाली सेनाले ४ सिटे इकुरेल र ६ सिटे बेल हेलिकप्टरसमेत खरिद गरेको छ । सरकारले बजेटमै सेनाको आकस्मिक उद्धार कार्यको क्षमता अभिवृद्धिका लागि ती हेलिकप्टर खरिद गर्न रकम विनियोजन गरेको थियो । बेल अमेरिकी र इकुरेल फ्रान्सेली कम्पनीका हेलिकप्टर हुन् ।

सेनाले बजेटमार्फत दिइएको रकमबाट २ वटा ट्रेनर र एउटा स्काई ट्रकसमेत खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सेनाले ३० सिट क्षमताका थप २ वटा हेलिकप्टरसमेत खरिद गर्न खोजेको थियो । अर्थ मन्त्रालयले बजेट दिन नमानेपछि त्यसको खरिद प्रक्रिया भने अघि बढेन । (कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.