काठमाडौं, २ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको पहिलो दिनको बैठक बस्नु अगाडि दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोही चार शीर्ष नेताहरूसँग गोप्य वार्ता गरेको खुलासा भएको छ । ललितपुरको भैँसेपाटीस्थित नेकपाका प्रभावशाली नेता वामदेव गौतमको निवासमा प्रचण्डले चार शीर्ष नेताहरूसँग परामर्श गरेको उच्च स्रोतले जनाएको छ । भैँसेपाटीको गोप्य बैठकमा प्रचण्डले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग कुराकानी गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 17/12/2018
विद्रोही चार भाईको गोप्य बैठक वामदेवको घरमा, अकस्मात पुगे यी शीर्ष नेता
Posted in नेपाल समाचार
‘अमेरिका अब आफ्नै आँखाले नेपाल हेर्छ’
चन्द्रशेखर अधिकारी
काठमाडौं : अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्छ भनिन्थ्यो। तर नेपाली कूटनीतिज्ञहरूले पछिल्लो समय उसको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर उनीहरूले भने- अमेरिकाले अब भारतका आँखाले हेर्दैन। परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोली अमेरिकासँग दुई पक्षीय सम्बन्ध समीक्षा गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ। आन्तरिक ‘ब्रिफिङ’मा भारतका आँखाबाट हेर्ने अमेरिकी दृष्टि फेरिएको परराष्ट्रमन्त्रीलाई जानकारी गराएको एक कूटनीतिक अधिकारीले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सरकारले भीभीआईपी उडानका लागि भन्दै सेनामार्फत प्रतिस्पर्धाबिनै किन्याे डेढ अर्बकाे हेलिकप्टर
सेनाले इटालीको उत्पादक कम्पनीसँग सोझै डेढ अर्ब रुपैयाँमा किनेको हो
काठमाडौँ — सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।
उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले सञ्चालन गर्नेछ । हेलिकप्टर भीभीआईपीको उडानका लागि चौबिसै घण्टा तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार