काठमाडौं- काठमाडौं महानगरपालिकाले आजबाट उपत्यकामा ‘पिक एण्ड ड्रप’ लागु गरेको छ। यो सँगै सार्वजनिक सवारी साधानले आजबाट टुँडिखेल वरिपरि यात्रु पर्खेर बस्न पाउने छैनन्। पिक एण्ड ड्रप योजनाले उपत्यकामा ट्राफिक जाम कम गराउने महानगरले विश्वास लिएको छ। यो योजना उपत्यकाका ११ रुटमा लागु गरिएको छ। एक सवारी साधनले एक स्थानबाट मात्रै यात्रु ओराल्न र चढाउन पाउने छन्। तोकिएको ‘स्टप’ बाहेक अन्य स्थानमा यात्रु ओराले वा चढाउने गरेमा कानूनअनुसार कारवाही हुने महानगरपालिकाले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/12/2018
उपत्यकामा आजबाट ‘पिक एण्ड ड्रप’ लागू
Posted in नेपाल समाचार
कांग्रेसले सरकारलाई घेराबन्दी गर्ने, सडक आन्दोलन घोषणा हुने
काठमाडौं, १ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध महासमिति बैठकबाट आन्दोलनको घोषणा गर्ने आन्तरिक तयारी गरेको छ । शनिबारदेखि काठमाडौंको रामशहापथस्थित एक पार्टी प्यालेसमा शुरु भएको महासमिति बैठकमा कांग्रेसले सरकारविरुद्धको आन्दोलन गर्ने औपचारिक प्रस्ताव राख्ने तयारी गरेको हो । कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारविरुद्ध तीन वटा प्रदर्शन गर्ने प्रस्ताव राख्ने बताएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सरकारमाथि याेजनाबद्ध आक्रमण भएकाे नेकपा अध्यक्षद्वयकाे विश्लेषण
नेतृत्वको आलोचनामा गौतमको १६ पृष्ठ लामो छुट्टै प्रतिवेदन
दुर्गा खनाल
काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सरकारविरुद्ध भ्रामक प्रचार र जनताका गुनासा एवं असन्तुष्टिलाई अशान्तिमा रूपान्तरित गर्ने योजनाबद्ध प्रयास भइरहेको विश्लेषण गरेका छन् । पार्टी एकताको झन्डै ६ महिनापछि राजनीतिक र सांगठनिक विषयमा छलफलका लागि शनिबारबाट सुरु स्थायी समिति बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनीहरूले यस्तो विश्लेषण गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
भेटियो ३३ किलो सुन, गोरेसँग तस्करीमा जोडिएका दुई पक्राउ
ज्ञानेन्द्र खड्का
काठमाडौं : अवैधरुपमा नेपाल भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ। भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो। सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको टोली र भारतीय प्रहरीले बरामद गरेको जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार