यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन गगन थापाको माग


२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै आक्रोस पोखेका छन् । साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् । फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ । तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा गर्‍यो भन्दै त्यसप्रति आक्रोस पोखेका छन् । बरु उक्त दिन दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण गराएका छन् । शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको भन्दै उनले भिडियोले नेपाल र नेपालीको अपमान गरेको बताएका छन् ।

‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यो आफैंमा झुटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’

एकनाथ ढकालले ‘जिससकी एकमात्र छोरी’ घोषणा गरेकी हक जा हन मुन लाई’ सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको दाबीप्रति समेत आपत्ति जनाउँदै थापाले यसले नेपाली जनताको अपमान गरेको बताएका छन् ।

यूनिभर्सल पिस फेडरेसनले नेपालको मौलिकता र संस्कृतिमा हस्तक्षेप गर्दै संविधानको बर्जित कार्य गरेकाले अबिलम्ब यसलाई नेपालमा प्रतिबन्ध लगाउन थापाले माग गरेका छन् । उनले अन्य धार्मिक संस्थाहरुले पनि फेडरेसनको सिको गरेर गतिविधि सञ्चालन गर्न सक्ने भएकाले त्यसप्रति अंकुश लगाउनुपर्ने थापाको भनाइ छ ।
(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.