Daily Archives: 13/12/2018

काङ्ग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा, यस्तो छ कार्यक्रम तालिका


काठमाडौँ, २६ मङ्सिर । नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो । महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति, उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रस्ताव समिति र महामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा साङ्गठनिक प्रस्ताव समिति गठन गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन गगन थापाको माग


२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले काठमाडौंमा आयोजना गरेको एसिया प्यासिफिक समिटको भिडियोले भ्रम सिर्जना गराएको भन्दै आक्रोस पोखेका छन् । साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् । फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ । तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा गर्‍यो भन्दै त्यसप्रति आक्रोस पोखेका छन् । बरु उक्त दिन दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण गराएका छन् । शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको भन्दै उनले भिडियोले नेपाल र नेपालीको अपमान गरेको बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

निजी विद्यालयमा अंकुश लगाउने सरकारी तयारी


ईश्वरराज ढकाल, काठमाडौं । सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसंग सम्बन्धित आधा दर्जन भन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले आफ्नो प्रतिनिधित्व र सहमति विना लागु गरे मान्य नहुने चेतावनी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

जन्ती बोकेको जिप बससित ठाेक्किँदा ६ जनाको मृत्यु


दुर्गालाल केसी
दाङ — पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ रिहारमा बिहीबार बिहान विवाह बोकेको जिप र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ  चितवन गितानगरबाट दुलही लिएर बाँकेको शमसेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाण्डौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस रिहार नजिक ठोक्किँदा स्कारपियोमा सवार दुलाहाका बुवाआमासहित ६ जनाको मृत्यु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

बाध्यता एक कालखन्डको


… नमस्कार 🙏 पाँच मिनेट खर्चेर पढ्दिनु होला।

रवि मान सिंह बस्नेत, पूर्व सेनानी, नेपाली सेना

२०७५ मंसिर २६ , कति छिटो डेढ दशक भएछ …..! नेपालमा संकटकाल लागेको अवस्थामा, नेपाली सेना, तत्काल आतंककारी घोषित, माओवादीहरु विरुद्ध परिचालन भएको बेला हाम्रो पल्टन रोल्पा जिल्लामा तैनाथ थियो । सात बर्षदेखि अनवरत रुपले त्यस बटालियनमा कार्यरत, अधिकांश व्यक्तिहरुलाई व्यक्तिगत रुपमा चिन्ने र दर्जाले क्याप्टेन, मेरो जिम्मेवारी थियो ‘ऐटन’ को ।सैनिक युनिटमा प्रशासनिक र मानव व्यवस्थापन अर्थात् म्यान म्यानेजमेन्ट कार्य हेर्ने अधिकृतलाई नेपाली सेनामा ‘कार्याधिकृत’ भनेपनि यसको अग्रेंजी शब्द ‘एड्जुटेन्ट’ अपभ्रंश भएर पल्टनतिर ‘ऐटन’ भनिन्थ्यो, म पल्टनको ‘ऐटनसाप’!
उदाहरणीय नेतृत्त्व र व्यवस्थापन क्षमतावाला हाम्रो बटालियन कमान्डर कर्साब पल्टनलाई तालिम गराउने र लडाउने मात्र होईन लड्न पनि आफैं शुरिने खालको हुनुहुन्थ्यो ।पल्टनको मोराल खस्किन नदिन सधैं सचेत उहाँको नीति कडा तर स्पष्ट थियो । सकल दर्जाले समयमा विदाछुट्टी पाउनैपर्ने, पालोमा तालिम र शान्तिसेनामा पर्नैपर्ने, बेलामा प्रमोशन उठाउनै पर्ने आदि इत्यादि । पढ्नेक्रम जारी राख्नुहोस्

भोली हुनेशुक्रबार १४ डिसेम्बर सांगितीक धमाकाको लागी दुर्गेश थापा कुवेत आइपुगे, विमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

हाम्रो एकता समाज सेवामा प्रतिबद्धता भन्ने मुल नारालाई अात्मासाथ गर्दै यही आउदो शुक्र्बार डिसेम्बर १४ तरिक हुने “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५”को लागी चर्चित लोकपप गायक दुर्गेस थापा आज बिहान २:३० बजे कुवेत आइपुगेका हुन् ।कुवेत अन्तराष्ट्रिय विमानस्थलमा गायक थापा लाई कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका छन् पढ्नेक्रम जारी राख्नुहोस्