जनकपुरधाममा योगीको आगमनले उब्जाउने प्रश्न


‘धर्म निरपेक्षता ख्याल गरौं, तीर्थयात्रीलाई पर्यटकमा बदलौं’
डा. सुरेन्द्र लाभ

सबैलाई थाहा भएकै कुरा हो । जनकपुर सीताको जन्म स्थल हो । यहीँबाट माता सीता र भगवान रामको विवाह भएको थियो । यहाँ परापूर्व कालदेखि नै विवाह पञ्चमी हर्षोल्लासका साथ मनाउने गरिन्छ । अवध, मिथिला, भोजपुरा क्षेत्रका लागि विवाह पञ्चमी ऐतिहासिक दिन रहेको छ । सबै हर्षित हुन्छन् । विगतमा १५ दिनसम्म मेला लगाउने गरिन्थ्यो, अहिले ७ दिवसीय विवाहपञ्चमी महोत्सव चलिरहेको छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीको नेतृत्व गर्दै आउने भएकाले यसपालि विशेष चहल–पहल भइरहेको छ ।

पहिला राम र सीताको विवाह हुँदा कस्तो थियो, ऐतिहासिक डकुमेन्ट त छैन, तर धर्म ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । त्यसैअनुसार प्रतिकात्मक रुपमा कुनै दिन फूलबारी, कुनै दिन धनुष यज्ञ, तिलकोत्सव, मटकोर, विवाह पञ्चमीको दिनमा विवाह नै हुन थाल्यो ।
उत्तर प्रदेशका मुख्यमन्त्री यहाँ आउनु ठूलो ऐतिहासिक घटना हो । उहाँलाई स्वागत गर्नैपर्ने हुन्छ । तर, यहाँ एउटा प्रश्न के छ भने यो वर्ष जन्ती आउने तिथि होइन।

महोत्सवका रुपमा मनाइने भएकाले यसलाई ऐतिहासिकभन्दा पनि विश्वास र धर्मसँग जोडेर कार्यक्रम निर्धारण गर्ने गरिएको छ । त्यतिबेला राम र जानकीबीच विवाह भयो । अहिले भारत र नेपालबीच दुईवटा देशमा महोत्सवले पुलको काम गरिरहेको छ । विवाह पञ्चमीमा उताबाट साधुहरु, नरनारीहरु आएर रमाइलो गर्ने, धार्मिक आस्था व्यक्त गर्ने गर्छन् ।

भारत र नेपालबीच आजको दिनमा खासै राम्रो अवस्था छैन । त्यस अवस्थामा यस्ता जनस्तरमा हुने कार्यक्रमले राम्रो संकेत दिन्छ । दुई देशबीचको सम्बन्धलाई सुधार्छ ।

योगीको आगमनले उब्जाउने प्रश्न

उत्तर प्रदेशका मुख्यमन्त्री यहाँ आउनु ठूलो ऐतिहासिक घटना हो । उहाँलाई स्वागत गर्ने पर्ने हुन्छ । ’cause, हाम्रो परम्परा नै छ, अथिति देवो भवः । तर, यहाँ एउटा प्रश्न के छ भने ०६१ देखि ५/५ वर्षमा जन्ती आउने चलनको सुरुवात गरिएको थियो । यो वर्ष जन्ती आउने तिथि होईन, अर्को वर्ष हो । तर, एक वर्ष अघि नै योगीको नेतृत्वमा जन्ती आउन लागेको छ । यसमा के हो ? यसमा राजनीतिक गन्ध आइरहेको छ ।

कतै–कतै राजनीति र धर्म अलिकता मिसिएको अर्थात धर्म र राजनीतिबीच खिचडी पाकिरहेको मलाई अनुभूति भइरहेको छ । उहाँको पृष्ठभूमि हेर्दाखेरि हिन्दु धर्मप्रति आस्थावान मात्रै होइन, आक्रमक शैलीमा प्रचार प्रसारमा पनि लाग्ने मान्छे हो । उहाँ आवद्ध दल भाजपाले पनि धर्मलाई प्रयोग गरिरहेको छ । भारत भूमिमा के देखिएको छ धर्मलाई राजनीतिले प्रयोग गरेको हो वा राजनीतिले धर्मलाई प्रयोग भने भइरहेको छ । त्यस्तो व्यक्तित्व नेपालमा आउँदै हुनुहुन्छ ।

योगी पहिला–पहिला नेपालमा आउँदा हिन्दु धर्मका लागि, राजतन्त्रका लागि वकालत गर्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । त्यसैले मैले मात्र होइन, ठूला–ठूला राजनीतिक दलका नेता, आम सचेत नागरिकले समेत आशंका गरेका छन् ।

चर्चा परिचर्चा त कालान्तरमा समाप्त होला, तर तपाई हामीले केमा सचेत हुनुपर्छ भने हाम्रो देश धर्म निरपेक्ष देश हो । त्यसैले धर्म निरपेक्षतालाई कसरी कायम राख्ने, कसरी राज्य, राजनीतिक शक्ति, खासगरी सरकार कसरी तटस्थ बस्ने भन्नेमा ध्यान दिनुपर्छ ।

उहाँ योगीका रुपमा आउँदै हुनुहुन्छ, राम मन्दिर, जानकी मन्दिरले स्वागत वा सम्पूर्ण धार्मिक क्षेत्रले स्वागत गर्नुपर्छ । तर, यसमा राजनीति त्यति संलग्न हुनुहुँदैन भन्ने मेरो धारणा हो । राजनीतिक दल वा सरकार नै प्रत्यक्ष संलग्न हुनु त्यति रुचिकर छैन ।

प्रदेश सरकारले घोषणा नै गरेको छ, उहाँहरुलाई निम्तो गरेर मन्त्री परिसरमै ५०१ जना जन्ती र अन्य गरी १५ सय जनालाई प्रदेश सरकारले नै भोजको आयोजना गरेको छ, एउटा धर्मका लागि । भोलि अर्को धर्मका लागि हुन सक्छ । त्यसले भविश्यमा धर्म क्षेत्रमा द्वन्द्वको सिर्जना गर्न सक्छ । त्यसैले केन्द्र होस् वा प्रदेश सरकार, दुईवटै धार्मिक मामलामा तटस्थ भएर बस्नुपर्छ ।

मुख्यमन्त्री योगी आउनुहुन्छ, जानकी मन्दिरले स्वागत गर्नुपर्छ, जानकी मन्दिरमा बस्नुपर्छ । उहाँले पनि राजनीति क्षेत्रमा छिर्नुहुन्न र हामीले पनि छिराउनुहुन्न ।

जन्ती अयोध्याबाट हिँड्छ, विश्व हिन्दु परिषद वा भाजपाले जन्तीको अगुवाइ गर्छ भने भारतमा पनि प्रश्न स्वाभाविकरुपमा उठ्छ, नेपालमा पनि धर्म निरपेक्षताका पक्षधरहरुले प्रश्न उठाउँछन् नै । त्यसैले यसलाई राजनीतिबाट टाढा राख्नुपर्छ ।

धार्मिक र सांस्कृतिक पुनर्जागरणको खाँचो

विवाह महोत्सवको सम्पूर्ण क्रियाकलाप जनआस्थामा निर्धारित छ । आज भन्दा ४०/५० वर्ष अगाडि ज्यादै सांस्कृतिक महत्व बोकेका थियो । जनकपुरमा पहाडीगाक्षी, तिरहुतिया गाक्षी थियो । पहाडी समुदायका मानिसहरु ठूलो संख्यामा आउने गरेका थिए । युवायुवतीहरुको विवाहसमेत हुने गरेको थियो ।

जनकपुरबासीले भटमासलगायतका धेरै पहाडी उत्पादनका ’boutमा जानकारी पाउनुका साथै पहाडी संस्कृतिका ’boutमा जानकारी लिन्थे । उनीहरुले पनि मिथिला संस्कृतिको जानकारी बटुल्थे । आज त्यो पहाडीगाक्षी छैन, त्यो पक्ष नै विलुप्त भयो । तिरहुतिया गाक्षी पहिलाको जस्तो छैन, लुप्त प्राय छ ।

पहिला जसरी यसको महत्व, घनत्व थियो, शुद्धरुपमा धार्मिक गतिविधि हुन्थ्यो । मनोरञ्जनात्मक क्रियाकलाप हुन्थ्यो । पहिला सर्कस आउँथ्यो । थिएटर आउँथ्यो । अहिले त्यसो हुँदैन ।
०६१ सालदेखि मात्रै अयोध्याबाट जन्ती आउने गरेको हो । जन्तीको नाममा राजनीति त हुँदैछैन ? यस’boutमा विश्लेषण हुनैपर्छ

गाउँका मानिसहरु, वरिपरिका मानिसहरु सालभरिका मरमसला किनेर लैजान्थे । १५ दिनसम्म भयंकररुपमा मेला लाग्ने गरेको थियो । यसमा हाम्रो व्यवस्थापकीय मात्रै होइन, राज्य पक्ष पनि जिम्मेवार छ । निर्वाध रुपमा जुन सर्कस आउँथ्यो, तर, धेरै कर लगाउने, कष्ट दुःख दिने गरेका कारण आउनै छाडेको छ । राज्य उदासीन छ । राजनीति यसमा लागेको छ । जतिबेलादेखि राजनीति यसमा घुस्यो त्यतिबेलादेखि नै यसको रौनक हराएको छ ।

यहाँका प्रत्येक नारीलाई सीता र पुरुषलाई रामको प्रतीकका रुपमा हेरिन्छ । किनकि यहाँका हरेक गीतमा यसको झल्को लिनुपर्छ । यसको पुनर्जागरणको आवश्यकता छ । मठ मन्दिर, नागरिक, व्यापारी सबै मिलेर यसमा ध्यान दिनुपर्छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा लागेकाहरुबाट नै त्यसको अगुवाई हुनुपर्छ ।

०६१ सालदेखि मात्रै अयोध्याबाट जन्ती आउने गरेको हो । जन्तीको नाममा राजनीति त हुँदैछैन ? यस’boutमा विश्लेषण हुनैपर्छ । यसले आदर्श राम र आदर्श सीतालाई स्थापित गर्‍यो या गरेन, त्यसका ’boutमा छलफल हुनुपर्छ । सांस्कृतिक पर्वको रुपमा पुर्नजागरण हुनुपर्छ ।

अहिले जनकपुरमा जति आएका छन् । ती तीर्थयात्रीहरु हुन् । उनीहरु धार्मिक काम गर्छन् फर्कन्छन् । तीर्थयात्रीहरुले खासै खर्च गर्दैनन् । हामीलाई चाहियो पर्यटक । धेरै पैसा खर्चेर धेरै दिन बस्ने पर्यटक हामीलाई चाहियो । त्यो पूर्वाधार हामीले खडा गर्न सकेका छैनौं ।

तीर्थयात्रीलाई पर्यटकमा बदल्न सरोकारवालाले होमवर्क गर्नुपर्छ । धर्म र मनोरञ्जनलाई जोडेर कहाँ–कहाँ उनीहरुलाई अल्झाउन सकिन्छ, यस’boutमा सोच्नुपर्छ ।

( संस्कृतिविद डा. लाभसँग अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानीमा आधारित)(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.