Daily Archives: 10/12/2018

वाइडबडीमा अनियमितता : बोलपत्रबिनै विमान खरिद


परामर्श सेवाका लागि जरुरी पर्ने आशयपत्रबाट सामान खरिद गर्नु कानुनकै उल्लंघन हो
कृष्ण ज्ञवाली
काठमाडौँ — नेपाल वायुसेवा निगमले ‘बोलपत्र’ बिना नै दुइटा वाइडबडी विमान खरिद गरेको भेटिएको छ । सार्वजनिक खरिद ऐन २०६३ मा सामान किन्दा बोलपत्र आहवान गर्नैपर्ने प्रावधान छ । निगमले वाइडबडी खरिदका लागि आहवान गरेको आशयपत्र (रिक्वेट अफ प्रपोजल–आरएफपी) बोलपत्रको परिभाषामा पर्दैन । ऐनको दफा २ को उपदफा (ग) मा मालसामानको परिभाषा छ । उक्त व्यवस्थामा मालसामान भन्नाले ‘चल, अचल अनि सजीव वा निर्जीव जुनसुकै किसिमको वस्तु सम्झनुपर्छ र सो चल वा अचल, शब्दले त्यस्तो वस्तु आपूर्ति गर्ने कार्यको सेवासमेतलाई जनाउने’ उल्लेख छ । सार्वजनिक खरिद अनुगमन कार्यालय स्रोतले भन्यो, ‘ऐनअनुसार विमानसमेत मालसामान नै हो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण, जेष्ठता र अनुभवीलाई मात्र खटाइने


सुनील महर्जन, काठमाडौं
कर्मचारी समायोजन अध्यादेश मन्त्रिपरिषद्ले स्वीकृत गरेको एक सातापछि राष्ट्रपति डा. विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।
कर्मचारी समायोजनका लागि अध्यादेश आवश्यक भएको तर संसद् नचलेकाले अध्यादेश ल्याउनुपरेको सरकारले दाबी गरेको छ । राष्ट्रपति भण्डारीले आइतबार सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो । राष्ट्रपतिबाट जारी भएपछि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्ने छ । सो सूचना प्रकाशन भएको तीन महिना भित्रैमा समायोजन गरिसक्ने मन्त्रालयले लक्ष्य लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्