काठमाडौं, २० मंसिर । निर्मला पन्तको हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सूर्य सुवेदी र डा.इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/12/2018
निर्मलाको हत्याकाण्डको अनुसन्धान फेरि नयाँ ढंगले गरिने
Posted in नेपाल समाचार
विवादित राजदूत शेर्पामाथि छानबिन
चन्द्रशेखर अधिकारी
काठमाडौं : सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि ‘मानव तस्करीमा सहयोगी’ बनेको गम्भीर आरोप छ। मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध–सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ। शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानबिन थालेको छ। ‘राजदूतमाथि गम्भीर आरोप लागेकाले सत्य–तथ्य खोजी भइरहेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्णसँग भने, ‘हामीले मिहीन रुपमा अध्ययन गरेर यथार्थ बाहिर ल्याउछौं। आरोप पुष्टि भए आवश्यक कारबाही गर्छाँै।’ छानबिनको निष्कर्ष आएपछि मात्रै यस’bout सरकार बोल्ने उनले बताए। ‘सबै कोणबाट छानबिन हुँदैछ। एकतर्फी मात्र होइन, आरोपित र आरोप लगाउने दुवै’bout अनुसन्धान भइरहेको छ,’ ज्ञवालीले भने, ‘छिट्टै टुंगोमा पुग्छौँ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कांग्रेसको आर्थिक नीति: ६५ वर्षपछि बृद्धभत्ता, कम्तिमा एक गिलास दूध
रघुनाथ बजगाईं
१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ ।
समिति संयोजक डा. प्रकाशशरण महतले बुधबार केन्द्रीय समितिमा पार्टीको प्रस्तावित आर्थिक नीति पेस गरेका हुन् । गत भदौ ८ गते पार्टीका सह-महामन्त्री महतको संयोजकत्वमा १० सदस्यीय ‘समग्र आर्थिक नीति प्रस्ताव समिति’ गठन भएको थियो । पार्टीको आगामी आर्थिक नीति कस्तो हुने भन्ने सन्दर्भमा जिल्ला र प्रदेश तहमा, उद्योगी ब्यावसायी र भातृसंस्थाहरुसँग समेत छलफल गरी समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव तयार पारिएको संयोजक महतले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार