काठमाडौँ, १७ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको प्रस्तावित विधान मस्यौदामाथिको छलफल जारी छ । काङ्ग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/12/2018
काङ्ग्रेस बैठकमा विधान मस्यौदामाथि छलफल जारी
Posted in नेपाल समाचार
‘प्रधानमन्त्रीले मुलुककै शीर निहुर्याउने काम गरे’
चन्द्रशेखर अधिकारी
दल भित्रबाट चर्को आलोचना
काठमाडौं : धर्म प्रचारक संस्थाको सक्रियतामा सम्पन्न एसिया प्यासिफिक समिट कारण सत्तारुढ दलभित्रै चर्को ध्रुवीकरण देखापरेको छ। ‘विवादस्पद र शंकास्पद’ एक गैरसरकारी कोरियाली संस्थाले राज्यलाई कमजोर सावित गर्दै आफ्नो प्रभाव नेपालमा देखाएपछि जनतामा निराशा बढेको सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले पनि पुष्टि गर्छ। सत्तारुढ दललाई बदनाम गराउने गरी नेतृत्वले यस्तो सम्मेलन नेपालमा गराएको भन्दै नेकपाभित्रै पनि शीर्ष तहकै नेतृत्वमा ध्रुवीकरण आरम्भ भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
जति च्यात्यो, उति भाइरल
जनकराज सापकोटा
काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए– १३ गते बिहान राजधानीका मुख्य चोकहरूमा । पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो । जसरी सरकारले ११ गते राजधानीवासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेको थियो । निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार