Daily Archives: 03/12/2018

गोकर्ण विष्टको अर्काे कदम : श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने


काठमाडौँ, १६ मंसिर । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने भएको छ । वैदेशिक रोजगारीमा जानेहरूलाई सहज रूपमा श्रम स्वीकृति लिने वातावरण बनाउन ताहाचलस्थित कार्यालयले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको हो । टोकन प्रणालीबाटै नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिने कार्यालयले जानकारी दिएको छ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

धुजा-धुजा ‘न्याय’


महिला हिंसाविरुद्ध सोह्रदिने अभियान अहिले विश्वव्यापी रूपमा चलिरहेको छ । नेपाल सरकारले पनि यो दिवस मनाउने सन्दर्भमा विभिन्न कार्यक्रम गरिरहेको छ । तर यौन हिंसा र उत्पीडनको पराकाष्ठा बनेको निर्मला हत्या प्रकरणलाई पन्छाउन खोजेको छ । न्याय माग्दै टाँसिएका पोस्टर सहन नसकेर प्रहरीमार्फत च्यातिएका छन् । निर्मलाका तस्बिरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने मर्मस्पर्शी वाक्यांश गोलाकारभित्र लेखिएको थियो । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको पोस्टर छ्यापछ्याप्ती पारेको छ । त्यससँगै खोजिएको ‘न्याय’ च्यातचुत भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्