जिउँदो शहिद मुकेशको उपचारमा आर्थिक संकट


भगवती तिमल्सिना
काठमाडौ । जनआन्दोलन २०६२÷०६३ का घाईते अर्थात् सरकारद्धारा घोषित जिउँदो शहिद मुकेश कायस्थलाई ३ दिन अघि नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । एकसाता अघि वीर अस्पतालमा शल्यक्रियाअशंभव पछि कायस्थलाई मेडिसिटी भर्ना गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुकेशको उपचारका लागि ५ लाख रुपैया उपलब्ध गराउने बचन दिनुभएको थियो । अहिले सम्म उक्त रकम पनि कुनै निकायबाट प्राप्त नभएको परिवारले जनाएको छ । सरकारी अस्पतालमा मुकेशको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको भए पनि सरकारी अस्पतालमा उक्त सेवा नपाएकाले प्राइभेट अस्पतालको शरणमा पुगेको मुकेशकी आमा मीरा कायस्थ बताउँनुहुन्छ ।

अर्धचेत अवस्थामा रहेका मुकेशको वीर अस्पतालमा गरिएको पहिलो शल्यक्रियाका क्रममा उनको टाउकोमा राखिएको भिपिसन्ड (टाउकोमा जम्मा भएको पानी पेट हुँदै बाहिर पठाउने पाइप) फेर्न अस्पताल भर्ना गरिएको हो । यस अघि पनि वीर अस्पतालमा मुकेशको टाउँकाको पाइप वरिष्ठ न्यूरो सर्जन डा.गोपाल रमन शर्माको नेतृत्वको टोलीले परिवर्तन गरेको मीराले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

उहाँ भन्नुहुन्छ–अहिले पनि एक साता अघि वीर अस्पताल अर्थात ट्रमा सेन्टरमा मुकेशको शल्यक्रियाको तयारी गरि भर्ना गरि सम्पूर्ण तयारी गरिसकेको अवस्थामा चिकित्सकहरुले शल्यक्रिया रोकियो भने कारण खोलेनन् । मुकेशको हेरचाह र रेखदेखको लागि २ जना नियमित लाग्नुपर्ने हुन्छ । दुबैजना श्रीमान् श्रीमती छोराको स्याहारमा जुटेका छौ, आम्दानीको स्रोत छैन ।

सरकारले बोलेका कुरा पनि कार्यान्वयनमा नआउँदा छोरालाई जसरी पनि बचाउँनुछ । त्यसैले यतिबेला मेडिसिटीको शरणमा उनै डा.गोपाल रमणको सरणमा पुगेका छौ । आइतबार मुकेशको शल्यक्रिया हुन्छ भनिएको छ ।

आफुसँग पैसा छैन अस्पतालले ४ लाख सम्म लाग्छ भनेको छ । सरकारले सहयोग गर्छु भनेर दिएको बचन पुरा नहुँदा छोराको उपचारमा समस्या आएको मुकेशका बाबु कृष्णमान श्रेष्ठ बताउँनुहुन्छ । नीजि अस्पतालको सरणमा पुगेका छौ पैसा महगो छ । अस्पतालमा सामान्य बेड नपाउँदा थप आर्थिक भार बढेको छ । यतिबेला मुकेशलाई मेडिसिटीको सातौ तल्लाको ७२७ नं को कमन क्याबिनमा विहिवार देखि भर्ना गरिएको छ । आइतबार शल्यक्रियाको मिति तोकिएको छ । सरकारसँग हार गुहार गर्दै छौ, सुनुवाई हुने आशा अझै मरेको छैन ।

मुकेशका बाबु आमाले मेडिसिटीले मानवीयता प्रयोग गरेर मुकेशको उपचारमा सहुलियत गरे मात्र हो नत्र कुनै बाध्यता छैन् भन्नुहुन्छ । हामीले अस्पताल प्रशासनसँग आग्रह गरेका छौ उहाँहरुले ४ लाख लाग्छ भन्नुभएको छ । हाम्रो चाहना भनेको दिमागमा पानी जम्न नदिनका लागि चिकित्सकको सल्लाह अनुसार विगतमा जस्तै पाइप राखेर छोरालाई सहज बनाउने हो । यतिबेला हाम्रो पुकार सुनिदिने निकाय कहाँ होला ?

मुकेश कायस्थ प्रतिष्ठानका कार्यक्रम संयोजक मोहन दुवाल भन्नुहुन्छ–मुकेशको उपचार सरकारले गर्नुपर्ने हो । जिउँदो शहिद मुकेश कायस्थको उपचारको क्रममा हुने आर्थिक समस्यामा सरकारका तर्फबाट र अस्पतालका तर्फबाट पनि सहयोग हुनेछ भन्ने अपेक्षा गरेको छु ।

लोकतन्त्र र नयाँ संविधानका लागि जनआन्दोलनको क्रममा २०६२ साल चैत्र २७ गते बनेपाको तीन डोबाटोमा प्रहरीको गोली लागि घाईते भएका मुकेश कायस्थ अचेतभै बेडमा सुतेको १३ बर्ष बितिसक्यो । यो अवधिमा जो जो प्रधानमन्त्री बन्नुभयो उहाँहरुले मुकेशको उपचारका लागि निःशुल्क सेवा मात्र हैन छुट्टै नर्स घरमै उपलब्ध गराउने निर्णय पनि नगरेका होइनन् । पन्ध्र बर्षको कलिलो उमेरमै जनआन्दोलनमा होमिएका थिए ।

दोस्रो संविधानसभाको चुनाव गराउने प्रयोजनका लागि प्रधानमन्त्री तथा संयोजक हुनुभएका खिलराज रेग्मीले भनेको यो भनाई यथार्थपरक बन्दै गएको छ । उहाँ संयोजक रहेकै बखत जनआन्दोलनका घाइते तथा जिउँदो शहित मुकेशको घरमै पुग्नुभै उहाँले दिनुभएका यी अभिव्यक्ति अहिले पनि नेताहरुको व्यवहारमा जस्ताको तस्तै छ ।

उहाँले भन्नुभएको थियो–नेपालको राजनीतिक अवस्था र मुकेशको स्वास्थ अवस्था उस्तैउस्तै छ । आन्दोलनको क्रममा सुरक्षाकर्मीले मुकेशलाई जसरी घाइते बनाए अहिले राजनीतिलाई पनि नेताहरुले त्यसैगरि घाइते बनाएका छन् । मुकेशका आमाबाबुले आफ्नो छोरालाई हेरेर जति आशा, भरोसाका साथ विरक्त मान्छन नेताहरुको क्रियाकलापलाई हेरेर आम जनताले पनि त्यस्तै महशुस गर्छन । फरक यत्ति छ मुकेशले आफ्ना आमाबाबुलाई झुक्याउदैनन नेताहरु जनतालाई झुक्काइरहन्छन । चिकित्सकहरु मुकेशको दिमाग बढाउन प्रयास गर्छन, नेताहरु जनताको दिमाग भुट्ने दुष्प्रयास गर्छन ।
(नेपाल समाचार पत्र )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.