Daily Archives: 02/12/2018

‘अब राजनीति सफा गर्ने आन्दोलन चलाऔं’


समृद्धिमा जान नदिने अझै एउटा फलामे ढोका छ
हामी सबैले अहिले समृद्धि समृद्धि भन्दैछौं । नेकपा यही भन्छ, कांग्रेस यही भन्छ । नागरिक समाज, बुद्धिजीवी यही भन्छन् ।समृद्धि नभई हुँदैन । तर, यत्रो सम्भावना भएको देशमा पनि हामीले किन अहिलेसम्म समृद्धि र विकास हासिल गर्न सकेनौं ? हिजो हामीले के भन्यौं भने संक्रमणकाल छ, संविधान बनाऔं, संक्रमणकाल टुंग्याऔं अनि विकास गर्न सक्छौं । संक्रमणकाल पनि सकियो, संविधान पनि बन्यो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

राष्ट्रपतिका लागि नमूना गाडी तयार, भीख माग्दा कति उठ्यो ?


१६ मंसिर, काठमाडौं । । राष्ट्रपति विद्या भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको विरोधमा केही दिन अगाडि एक हुल युवाहरु पशुपतिमा एक रुपैयाँ भिख माग्दै हिँडेका थिए । उनीहरुले अहिलेसम्म कति पैसा उठाए र त्यो पैसा के भयो होला भनि सोधखोज गर्दा पत्ता लाग्यो, राष्ट्रपतिका लागि नमूना गाडी तयार भइसकेको रहेछ । चन्दा उठाएर नमूना गाडी बनाउने व्यक्ति र समूहको नाम तत्काललाई गोप्य राखिएको छ । तर, यसमा तिनै युवा संलग्न छन्, जो केही दिन अगाडि राष्ट्रपतिका लागि भनेर पशुपतिनाथ मन्दिर परिसरमा भिख मागिरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

जिउँदो शहिद मुकेशको उपचारमा आर्थिक संकट


भगवती तिमल्सिना
काठमाडौ । जनआन्दोलन २०६२÷०६३ का घाईते अर्थात् सरकारद्धारा घोषित जिउँदो शहिद मुकेश कायस्थलाई ३ दिन अघि नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ । एकसाता अघि वीर अस्पतालमा शल्यक्रियाअशंभव पछि कायस्थलाई मेडिसिटी भर्ना गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुकेशको उपचारका लागि ५ लाख रुपैया उपलब्ध गराउने बचन दिनुभएको थियो । अहिले सम्म उक्त रकम पनि कुनै निकायबाट प्राप्त नभएको परिवारले जनाएको छ । सरकारी अस्पतालमा मुकेशको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको भए पनि सरकारी अस्पतालमा उक्त सेवा नपाएकाले प्राइभेट अस्पतालको शरणमा पुगेको मुकेशकी आमा मीरा कायस्थ बताउँनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्