Monthly Archives: डिसेम्बर 2018

०१८ मा कुवेतमा ४८ जना नेपालीको निधन :


कुवैत नेपालडटकम

राज मल्ल , कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरि मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

श्रीमान श्रीमती बिच झगडा हुन्छ भने तपाईलाई हाइपोमेनिया रोग पनि हुन सक्छ ?


हाइपोमेनिया यस्तो रोग हो, जसम मानिसको मन अस्थिर रहन्छ । यस्ता मानिस बढी बोलि रहनु पर्ने हुन्छन ।  आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने अपशब्द वोल्ने, सानो कुरामा पनि बढी रिसाउने, मन सधै्र चन्चल रहने हुन्छ । यो रोग लागेको हो भनेर ठम्याउन गाह्रो नै हुन्छ । हाइपोमेनिया रोग लाग्दा श्रीमान श्रीमतीमा चर्को विवाद भएको  पाइन्छ यति सम्मकि छुट्टा छुट्टै बस्न पुग्ने, बारम्बार कुट पिट भएको पनि भेटिएको छ ।

सबैभन्दा खतरा के छ भने यो रोग लागेको थाहनै हुदैन विस्तारै परिवारको एक सदस्य बढी रिसाउने, घमण्डी कुरा गर्ने, भनेको नमान्ने, तोडफोड गर्ने हुदै जानाले पछि मात्र यो रोग लागेको थाहा हुन्छ । सामान्य कुराकानीमा यो रोग लागेको पत्ता लगाउन सकिदैन ।
कल्पना २५ वर्ष महिला हुन अर्को विवाह भएको २ वर्ष भयो । अहिले उनि श्रीमान तथा परिवार संगै छिन उनि अहिले छिट्टै रिसाउने,  जिद्धी गर्ने तर्क गर्ने, एउटा काममा स्थिर रहन सक्दिन श्रीमान तथा परिवारका अन्य सदस्य संग उनको भनाभन भई रहन्छ । उनि कहिले रिस खप्न नसकेर रुन्छिन, कहिले अरुलाई अपशब्द बोल्छीन । परिवारको सदस्य संग उनको सम्बन्ध टाढिदै गएको छ । कहिले काही उनि ठुला ठुला कुरा गर्छिन राति निन्द्रा राम्रो परदैन । श्रीमान संग दिनहु कलह भइरहन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

देउवाका दुई टुकः आइजीपी न्यायाधीशले बनाउँदैन, निर्मलाको हत्या उखुबारीमा भएको हैन


१६ पुस, काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छोटो बोल्छन्, तर समाचार हुने गरी बोल्छन् । कांग्रेस पदाधिकारीले आइतबार राति वाग्मती किनारको भ्याली टप रेस्टुरेन्टमा आयोजना गरेको लेखक/सम्पादकसँगको अन्तरक्रियामा पनि कांग्रेस सभापति देउवाले छोटो अभिव्यक्ति दिए । अन्तरक्रियामा केही स्तम्भकारहरुले चुनावअघि आइजीपी प्रकरण र सुशीला कार्कीमाथिको महाअभियोगका कारण कांग्रेसको जनमत खस्किएको टिप्पणी गरेका थिए । करिब ३ घण्टासम्म अरुका कुरा सुनिसकेपछि देउवाले भने– ‘एउटा म के स्पष्ट गर्न चाहन्छु भने आइजीपी सरकारले बनाउँछ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

सरकारी अध्ययनकै अनुसार ७ प्रतिशत कर्णालीबासी कम्तीमा एक दिन भोकै


राजु चौधरी
कर्णालीबासीले खान पाए पनि खाद्य सुरक्षाको मापदण्डअनुसार खान पाउँदैनन् : कृषि मन्त्रालय
काठमाडौँ — कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या कम्तीमा एकदिन भोकै रहनुपरेको सरकारी अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनअनुसार आय आर्जन र स्थानीय स्रोत साधनलगायत अभावले भोकै बस्नुपरेको हो । अध्ययनअनुसार सात प्रतिशत जनसंख्या उच्चतम खाद्य असुरक्षामा छन् । ‘यसको अर्थ सात प्रतिशत जनसंख्या कम्तीमा पनि एक दिन भोकै बस्नुपर्छ,’ तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने, ‘कर्णालीका करिब १ हजार ७ सय ८ घरधुरीमा सर्वेक्षण गरिएको थियो ।’ कर्णालीको जनसंख्या करिब ३० लाख हो । अध्ययनको निष्कर्षका आधारमा २ लाख १० हजार सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सशस्त्रका ७७ युनिट गाडीविहीन, २६ वटा गाडी भिआइपीलाई


दीपक रिजाल, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ । सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारीको अभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पुर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा प्रयोग भएको पाइएको हो ।

सशस्त्रका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरज श्रेष्ठले नेपाल समाचारपत्रको जिज्ञासामा सशस्त्रका ७७ वटा युनिटमा सुरक्षित गस्तीकालागि गाडी नभएको जानकारी दिनुभयो ।

गृह मन्त्रालय स्रोतका अनुसार तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको पछुवालाई टाटा जेनन पिकअप, बा२झ३८०३, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछुवालाई टोयटा हाइलक्स, बा१झ९१४२, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पछुवालाई महिन्द्र स्कारर्पियो पिकअप, ना१झ१५०३, नम्बरको गाडी दिइएको छ ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालको पछुवाले माज्दा पिकअप, बा१झ८२५५, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पछुवाले माज्दा पिकअप, बा१झ८२५९, पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको पछुवाले टेल्को लाइन डबल क्याप, बा१झ९५२७ र मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ१५१३ नम्बरको गाडी लगेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतबाट छबिराम सुनारको पहलमा दलित बच्चाहरुको लागी शैक्षिक सहयोग


कुबेत नेपालडटकम

कुवेत, डिसेम्बर ३०– बिश्वकर्मा समाज बौदीकाली नवलपुरका बिदेश संयोजक छबिराम सुनारको सक्रियतामा दलित बच्चाहरुको शिक्षाको लागी आर्थिक सहयोग गरिएको छ । कुवेतमा कार्यरत सुनारको पहलमा संकलित रकम रु १२ हजार दलित बच्चाहरुको शिक्षाको लागी सहयोग गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु संघ युएई ले तमू फो ल्हो,ल्होसार भव्यता को साथ मनाईनयो


दुबई| तमु समुदायको महान पर्व तमु ल्होसारको अवसरमा तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित युएईको दुबई स्थित अल्कुजको डुल्स्को हलमा शुक्रबार तमु फो-ल्होसार सास्कृतिक कार्यक्रम भव्यका साथ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतले ‘तमू ल्होसार’ भव्यताका साथ मनायो


सुरेश गुरुङ,कुबेत

डिसेम्बर २९- प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू ल्होसार (‘खि ल्हाे’ कुकुर वर्गको बिदाई गरी ‘फो ल्हो’ मृग वर्गको स्वागत गर्दै) शुक्रबार भव्य रुपमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्