Monthly Archives: नोभेम्बर 2018

निगमलाई लेखा समितिका २१ मुख्य प्रश्न


काठमाडौँ — संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाइडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यस’bout नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ । मूल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ । समितिले विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिएको भन्नेलगायत दर्जनौं प्रश्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव


एजेन्सी। रुसले क्रिमियाई प्रायद्वीप नजिक युक्रेनका तीन नौसैनिक जहाजमाथि आक्रमण गरेर कब्जामा लिएको छ। यो घटनापछि रुस र युक्रेनबीचको तनाव सतहमा आएको छ। दुवै देशले यो अवस्थाकालागि एक अर्कालाई दोषी रहेको बताउने गरेको छन्। रुसले युक्रेनका जहाज आजोव सागरमा गैरकानुनी रुपमा आफ्नो जल सीमामा घुसेको आरोप लगाएको छ। त्यसपछि रुसले कर्चमा तंग जलमार्गमा एउटा पुलमूनि ट्यांकर तैनाथ गरेर आजोव सागरतर्फ जाने बाटो बन्द गरिदिएको छ। आजोव सागर जमिनले घेरिएको छ र काला सागरबाट कर्चको तंगको बाटो हुँदै यहाँ प्रवेश गर्न सकिन्छ। आजोव सागरको जल सीमा रुस र युक्रेनसँग जोडिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा दुर्गा बहादुर तामांङको हृदयघात निधन


कुबेत नेपालडटकम

नोवेम्बर २६ कुवेतमा फेरि एक नेपालीको हृदयघातबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा लेखनाथ नगरपालिका -२९ भाडारिक कास्कीका दुर्गा बहादुर तामाङ रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

निर्मलाका बुवालाई बेहोस बनाएर गाडीबाट काठमाडौं पठाइयो


दीपक उपाध्याय
९ मंसिर, धनगढी । कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं लगिएको छ । असामान्य व्यवहार देखाएपछि पन्तलाई सेती अञ्चल अस्पतालमा बेहोस बनाएर शनिबार राति गाडीमार्फत काठमाडौं पठाइएको हो । यसअघि विमानबाट काठमाडौं लैजाने प्रयास असफल भएको थियो । विमानस्थलमा बर्बराउने, मनपरी हिँड्ने लगायतका असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै उनलाई विमान कम्पनीले लग्न मानेको थिएन । सुरक्षाका कारण विमानबाट काठमाडौं पठाउन नसकिएपछि जिप भाडामा लिएर पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

भैरहवा विमानस्थल जेठसम्ममा उडानयोग्य


दुर्गा खनाल
भैरहवा — पूर्वनिर्धारित समयभन्दा केही ढिलो भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अहिले बिनाअवरोध भइरहेको छ । दैनिक दुई मेसिनले ‘रनवे’ को पिच धमाधम गरिरहेका छन् । आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीका अनुसार डेढ महिनाभित्र ३ हजार मिटर लामो रनवेमा पहिलो तहको पिच पूरा हुनेछ । त्यसपछि दुई तहको पिच हुनेछ । त्यो पिच गर्न थप २० दिन लाग्छ । ‘विमान कहिलेदेखि अवतरण गराउने त्यो अर्को पाटो हो,’ आयोजना प्रमुख अधिकारीले भने, ‘आउँदो जेठ महिनासम्म विमान उडानयोग्य बनाउने गरी विमानास्थलको काम गरिरहेका छौं ।’ २०७१ सालबाट सुरु विमानस्थलको निर्माण भारतले गरेको नाकाबन्दी, मधेस आन्दोलन र ठेकेदार कम्पनीका कारण समस्यामा थियो । २०७४ सालमै सक्ने भनेको आयोजना झन्डै डेढ वर्षपछि सरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा काममा बाधा


जाजरकोट । स्थानीय तह निर्वाचन भएको डेढ वर्ष बितिसक्दा पनि डोल्पाका स्थानीय तहको पूर्ण अधिकारभित्र पर्ने माध्यमिक शिक्षासम्म हेर्नुपर्ने स्थानीय तहमा शिक्षाका कर्मचारी नपठाइँदा शिक्षाका काममा निकै समस्या परेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डेढ वर्षअघि गठन भएका स्थानीय तहमा शिक्षाका कर्मचारीहरु नपठाउँदा शिक्षाका सम्पूर्ण काम लथालिङ्ग भएको ठूलीभेरी नगरपालिका जुफाल डोल्पाले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासीक अधिवेशन आगामी ३० नोवेम्बर २०१८ कार्यक्रमको सम्पूर्ण तयारी पुरा


कुबेत नेपालडटकम

नोभेम्बर २५,कुवेत। विश्वका अदिवासी जनजाती एक हौ”भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको तैयारी पुरा भएको आयोक ले जानकारी दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा खुल्ला भलिवल प्रतियोगिता पहिलो चरणका खेलहरु सम्पन्न, फाइनल खेल आउदो शुक्रवार ३० नोभेम्बरमा


कुबेत नेपालडटकम

नेपाल भलिवल क्लब कुवेतको आयोजना तथा BEC एक्सचेंजको प्रायोजनमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको शुक्रबार (हिजो) उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन। पढ्नेक्रम जारी राख्नुहोस्