प्रधानमन्त्री ओलीलाई जवाफ– सरकार भेटियो, न्याय भेटिएन


निर्मलाको न्याय माग गर्दै रातारात टाँसियो पोस्टर

१३ मंसिर, काठमाडौं । सरकारद्वारा सार्वजनिक सामाजिक सुरक्षा कार्यक्रमले गाउँ–शहरदेखि सामाजिक सञ्जालसम्मलाई मंसिरको चिसोमा पनि तताइरहेको छ । कार्यक्रम राम्रो भए पनि भड्किलो भएको, बलात्कारपीडितले न्याय नपाइरहेका बेला पोल–पोलमा सरकार भेटिएको भन्दै सरकारप्रति व्यंग्यका वर्षा भइरहेका छन् । नकारात्मक प्रतिक्रियाहरुको भेल लागेपछि प्रधानमन्त्री स्वयं नै प्रतिरक्षामा उत्रिए पनि सवाल–जवाफ रोकिएको छैन । बरु, यो नयाँ कलेबरमा देखापरेको छ ।

यही सिलसिलामा सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो । निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो ।

#Impunity दिइएको पोस्टर स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्चेर टाँसेका हुन् । युवाहरुले आफ्नो पहिचान भने गोप्य राखेका छन् ।

अभियानका एक युवाले बुधबार राति निर्मलाको न्यायका लागि पोस्टर टाँसिएको अनलाइनखबरलाई बताए ।राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको समाचार सार्वजनिक भएलगत्तै युवाहरुको यो समूहले व्यंग्य कस्दै भीखसमेत मागेको थियो ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारी तबरबाट हत्याको छानबिनका लागि गठिन समितिहरु समेत बेकामे बनेपछि यसको चर्को आलोचना हुँदै आइरहेको छ ।
(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.