कुबेत नेपालडटकम
नोवेम्बर २६ कुवेतमा फेरि एक नेपालीको हृदयघातबाट ज्यान गएको छ । ज्यान गुमाउनेमा लेखनाथ नगरपालिका -२९ भाडारिक कास्कीका दुर्गा बहादुर तामाङ रहेका छन् ।करिब २ बर्षदेखि कुवेतमा कार्यरत दुर्गा बहादुर तामाङको शनिबार (हिजो) निधन भएको हो । ३६ वर्षिय मृतक तामाङ अल तकदम रियलस्टेट कम्पनी मार्फत कुवेतको अल्घानिम कम्पनीमा गार्डेनरको रुपमा काम ।
कम्पनीको बिहानको काम सकेर करिब दिउँसो १२ कोठामा फर्केका उनी खाएर सुतेका थिए । केही समयपछि सहकर्मीहरुले उठाउन खोज्दा उनलाई मृत भेटेका बुझिएको छ ।घटना ’bout नेपाली दूतावास कुवेतमा जानकारी गराइएको छ । दूतावासले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव छिटो नेपाल पठाउने र क्षतिपूर्तिको लागि पहल गर्ने बताएको छ ।
सभार : हाम्रो संचारडटकम