सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या


५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।

प्रहरीले घटना’bout जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । एसपी अधिकारीका अनुसार, हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ । मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, एसपी अधिकारीले भने, ‘यस’bout हामीले अनुसन्धान गरिरहेका छौं ।’

स्थानीयबासीका अनुसार, दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थिए । हत्याराहरू सोही बाटो दक्षिणतिरै भागेको स्थानीयको भनाइ छ ।

हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन् ।

यसैबीच, हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन थालेका छन् ।

मुस्लिम समूदायमाथि लक्षित गरी बारम्बार यस्ता घटना दोहोरिन थालेको भन्दै सो समूदायका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

यसअघि, सुनसरीको हरिनगरा–२ मा खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको बताइँदै आए पनि हत्यारा पत्ता लाग्न सकेको छैन ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.