Daily Archives: 21/11/2018

थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले ३ जना बिरामीलाई रु,९५,२९४ रुपैयाँ आर्थिक सहयोग


कुबेत नेपालडटकम

२० नोवेम्बर कुवेत : थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि ९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सस्थाका सदस्यहरुबाट संकलन गरी उक्त रकम तिन जना विरामीहरुलाई सहयोग गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या


५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

शान्तिसम्झौता ‘आत्मसमर्पण’


काठमाडौं- तत्कालीन विद्राेही नेकपा माओवादी दसवर्षे जनयुद्धलाई बृहत शान्तिसम्झौतामार्फत टुंग्याएर खुला राजनीतिमा आएको बुधबार १२ वर्ष पुगेकाे छ। तत्कालीन विद्रोही माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल र सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६३ मंसिर ५ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शान्तिसम्झौतामा हस्ताक्षर गरेका थिए । शान्ति सम्झौतामा राज्य र विद्रोही दुवैले मुलुकमा शान्ति स्थापना गर्ने र एक नेपालीले अर्को नेपालीमाथि हिंसा नगर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धताअनुसार मुलुकमा शान्तिको बाटोमा अघि बढ्यो, राजनीतिकरुपमा ठूला परिर्वतन पनि भए तर जनताको जीवनस्तरमा सुधार आउन सकेन । पढ्नेक्रम जारी राख्नुहोस्